हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्दो सिल्भाले बार्सिलोना संग नाम जोडिएपछि सकारात्मक संकेत दिएका छन्।
बर्नार्डो सिल्भाले चेक गणतन्त्र विरुद्ध नेसन्स लिगमा जित पछि बोल्दै बार्सिलोना जाने कुरालाई अस्वीकार गरेनन्।
गत सिजन पनि खेल्ने समय कम हुँदै गएपछि म्यान्चेस्टर सिटीका मिडफिल्डरले क्लब छाड्ने मनसाय व्यक्त गरेका थिए।
तर प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो योजनाको महत्वपूर्ण खेलाडी रहेका सिल्भालाई मौका दिने बताएपछि उनले नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए।
म्यानचेस्टर सिटीका मिडफिल्डरको प्रिमियर लिग च्याम्पियन सिटिसँगको सम्झौता अझै तीन वर्ष बाँकी छ।
तर बार्सिलोनाका प्रशिक्षक जाभीले उनलाई क्याम्प नोउमा उच्च प्राथमिकता दिन उत्सुक छन्।
क्लबमा आर्थिक संकटका कारण लियोनेल मेस्सी गुमाएको झण्डै एक वर्ष भैसकेको छ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यस हप्ता बार्साले रोबर्ट लेवान्डोस्की र सिल्भालाई किन्न सक्ने कुरामा भने शंका व्यक्त गरे।
यदि म्यानचेस्टर युनाईटेडले बार्सिलोनाका मिडफिल्डर डी जोंग खरिद गरेको खण्डमा, त्यसबाट निस्किने रकमले भने दुवै ट्रान्सफरलाई निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एस्टाडियो जोसे अल्भालाडेमा चेक गणतन्त्रलाई २-० ले पोर्चुगलको नेसन्स लिगको जितमा दुबै गोल गरेका सिल्भाले खेलपछि आफ्नो भनाई राखेका थिए।
उनले भने: “यदि बार्सिलोनाले मलाई प्रलोभनमा पार्छ भने? दुर्भाग्यवश, म अहिले केहि भन्न सक्दिन।
“म राष्ट्रिय टोलीसँग छु र धेरै केन्द्रित छु। सिजन सकिएपछि के हुन्छ हेर्नेछौं।”
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले बिहीबार एक प्रभावशाली प्रदर्शन पछि सिल्भाको प्रशंसा गरे।
“जब ऊ आफ्नो उत्कृष्ट लयमा हुन्छ। ऊ विश्वको शीर्ष १० खेलाडी मध्ये एक हो।” उनले बताए।
आर्थिक संकटका कारण खेलाडी भित्र नसकिरहेको क्याटलन टोलीले फ्रानकी लाई बेच्ने संगै अन्य खेलाडीहरुको तलबमा कटौती समेत गर्न सक्ने रिपोर्ट स्पेनिस पत्रिका जनाएका छन्।