हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | बार्सिलोना र एथ्लेटिको बिचको खेल बराबरीमा रोकियो !!
आज भएको बार्सिलोना र एथ्लेटिको मड्रिड बिचको खेल बराबरीमा रोकिएको छ। पहिलो स्थानमा भएको मड्रिड र दोस्रो स्थानमा भएको बार्सिलोनाले एक एक अंक बाढे सङ्गै लिग टाइटलको दौड रोमान्चक भएको छ।
खेलमा दुबै टोलिले बरावर सट प्रहार गरेका थिए। ११-११ सट प्रहार गर्दापनी फिनिशिङ राम्रो हुन नसक्दा खेल बराबरीमा रोकिन पुगेको हो।
पहिलो हाफमा धेरै मौका पाएको मड्रिडले गोल गर्न नसकदा दोस्रो हाफमा भने बार्सिलोनाले दबाब बनाएर राखेको थियो।
अबको अंक तालिकाको स्थिती हेर्दा, ७७ अंकको साथ एथ्लेटिको मड्रिड पहिलो स्थानमा छ भने बार्सिलोना ७५ अंकका साथ दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा रहेको छ।