बार्सिलोना र स्पोटिफाई २८० मिलियनको सम्झौता नजिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले र स्पोटिफाई आपसमा आगामी नयाँ सीजन देखि प्रायोजन सम्झौताको नजिक रहेको रिपोर्टहरु बाहिर आएका छन्।

बार्सिलोना केही समय देखि चरम आर्थिक सङ्घर्ष गरिरहेको अवस्थामा यस सम्झौताले निकै राहत दिने अपेक्षा गरिएको छ।

क्लबले बार्षिक रुपमा आम्दानी गर्ने हिस्सामा स्पोटीफाईको आगमनले अझ बढावा दिने बताईएको छ।

आरएसिको अनुसार सम्झौतामा पुरुष र महिला टोलीहरूदुबैको लागि शर्टमा प्रायोजन समावेश रहेको छ।

साथै क्याटलन टोलीकोको प्रशिक्षण किटको प्रायोजन पनि स्पोटीफाईलेनै गर्ने बताईएको छ।

जापानी इलेक्ट्रोनिक कमर्स कम्पनी राकुटेनले हाल क्लबको जर्सी प्रायोजन गर्दै आएको छ तर त्यो सम्झौता सिजनको अन्त्यमा सकिँदैछ।

राकुटेनले भने अब बार्सिलोना संग प्रायोजन नगर्ने बताईसकेको छ।

रिपोर्टका अनुसार क्याम्प नोउको लागि नामकरण अधिकार पनि स्पोटिफाइ सम्झौतामा समावेश छन्।

यसको विवरण अझै स्पष्ट छैन, तर क्लबको प्रसिद्ध स्टेडियमको लागि नाम परिवर्तन विवादास्पद हुन सक्छ। यसको लागि मंगलबारनै सम्झौता हुने बुझिएको छ ।

स्पोटिफाई फुटबलसँग जोडिएको यो पहिलो पटक होइन। गत वर्ष युरोपियन सुपर लिगको पराजयपछि, कम्पनीका सह-संस्थापक र सीईओ ड्यानियल एकले क्रोएन्केबाट आर्सनल किन्न इच्छुकता देखाएका थिए।

एकले दावी पनि गरे कि उनले ‘अप्रिलमा खरिदका लागि रकम सुरक्षित गरेका थिए, यद्यपि कुनै ठोस बोली कहिल्यै साकार भएको छैन।

Leave a Reply

Next Post

रियल मड्रिड विरुद्धको खेल अघि लय समात्दै मेस्सी

Tue Feb 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनल मेस्सिले यसै साता लिल विरुद्ध गरेको प्रदर्शन उनको पेरिसको शर्टमा उत्कृस्ट थियो भन्दा फरक नपर्ला। मेस्सीले लिल विरुद्ध एक गोल गोल र असिस्ट गर्न भ्याएका थिए। तर कुरा त्यतिमा मात्र रोकिदैन, पोचेटिनोले मेस्सीलाई उनकै स्थानमा फर्काएका छन् जहाँ उनले खेललाई आफ्नो प्रभुत्वमा पार्न सक्छन। रियल […]
%d bloggers like this: