बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी र गोर्खा लेजेंड्स बीच प्रायोजन सम्झौता

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ | बिगत केहि वर्ष देखि अस्ट्रेलियामा रही नेपाली क्रिकेटको प्रबर्धन गर्दै आएको बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी र गोर्खा लेजेंड्स बीच थप दुई वर्षलाई प्रायोजनको सम्झौता भएको छ।

होबार्ट स्थित लिभरपुल रोडमा रहेको बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीको कार्यालयमा आयोजित कार्यक्रममा सो सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको थियो।

बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीका तर्फबाट निर्देशक बिष्णु सापकोटा र बिजनेस डेभलोप्मेन्ट अफिसर अर्जुन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो भने गोर्खा लेजेंड्सको तर्फबाट कप्तान अमृत भट्टाराई, उप कप्तान गोविन्द कार्की, क्लबका अध्यक्ष प्रकाश उप्रेती, जेनेरल सेक्रेटरी अविशेक श्रेष्ठले प्रतिनिधित्व जनाउनु भएको थियो।

कार्यक्रममा बोल्दै बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीका निर्देशक बिष्णु सापकोटाले – ‘हामी क्रिकेटलाई नजिकबाट माया गर्छौ र अझै नजिकबाट नियाल्न चाहन्छौं। त्यसैले गोर्खा लेजेंड्स संगको सहकार्य अगाडी बढाउन चाहन्छौ।” भन्दै क्लबलाई थप प्रोत्साहन र हौसला दिनुभएको थियो। बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीले बीएमडब्लु कपका साथै मेलबर्नमा पनि राइनोज क्रिकेट कप आयोजना गर्दै आएको छ।

गोर्खा लेजेंड्सलाई तस्मानियामा उत्कृस्ट क्लब भनेर चिनिने गरिन्छ। क्लबमा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका बायाँ हाते तिब्र गतिका बलर अमृत भट्टराईले कप्तानी गरिरहेका छन्।

Leave a Reply

Next Post

धवनको कप्तानीमा भारतलाइ शृंखला, अन्तिम खेलमा श्रीलंकासामु भारत स्तब्ध !!

Sat Jul 24 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ | गएराति सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा श्रीलंकाले भारतलाई ३ विकेटले पराजित गरेको छ। वर्षा बाधक बनेको सो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका भारतीय कप्तान शिखर धवनको निर्णय घातक सावित भएको थियो। कुनै समय १५३ रनमा ३ विकेट मात्र गुमाएको भारतीय पारी […]
%d bloggers like this: