हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वाधिक पाँच पटकको आइपिएल विजेता मुम्बई इन्डियन्सको यस्तो अपत्यारिलो सिजन हुन्छ भनेर कसैले सोचेका पनि थिएनन्।
सन् २०१३ यता लगातार उपाधि माथि प्रमुख दावेदारको रुपमा प्रस्तुत हुने मुम्बई यस सिजन लज्जास्पद हार को श्रृङ्खलाबाट बच्न सकेको छैन।
लिगमा आठौं चरणका खेल समाप्ति हुँदासम्म एकै खेलमा पनि अङ्क बटुल्न नसकेको मुम्बई, जारि सिजनबाट बाहिरिसकेको छ।
अब अर्को चरणमा पुग्नका लागि कुनै पनि उपाय अथवा विकल्पहरु मुम्बइका लागि बाँकी छैनन्।
सदैव ठूला अन्तरले जित्ने, सर्वाधिक जित्ने, जस्ता सकारात्मक रेकर्डहरु बनाउने मुम्बइ, यस सिजनको आफै खराब रेकर्डको शिकार भएको छ।
आईपीएल इतिहासमै मुम्बई इण्डियन्स जतिको लगातार पराजय कुनैपनि टोलीले बेहोरेका छैनन् र सायद यी बेहोर्ने पनि छन्।
यस सिजन सुरु हुनुभन्दा अगाडि आफ्ना प्रमुख खेलाडीहरुका रुपमा रहेका क्विन्टन डी कक, ट्रेन्ट बोल्ट, हार्दिक पान्डया जस्ता खेलाडी अन्य क्लबहरुमा राम्रो प्रस्तुति दिईरहेका छन्।
अझ इशान किशनलाई त मुम्बई इण्डियन्सले सुरुमा रिलिज गरेर पछि १६ करोड भारुमा भित्र्याएको थियो।
सुरुवाती दुई खेलमा अर्धशतक प्रहार गर्दै राम्रो सुरुवात गरेका किसानले, त्यसपछि उक्त लयलाई समात्न सकेका छैनन् र स्थिति निकै कहालीलाग्दो रहेको छ ।
कप्तान रोहित शर्मा आफैंले पनि अहिलेसम्म कुनै पनि खेलमा राम्रो इनिंग खेल्न सकेका छैनन् । माथिल्लो क्रमले मुम्बई इण्डियन्सले बारम्बार धोका दिइरहँदा बलिङमा पनि यसपटक असरदार प्रदर्शन कसैले पनि गरेका छैनन्।
प्रमुख पेस बलर जसप्रीत बुमराह, उन्दतकट, मिल्स जस्ता बलरको प्रदर्शनको बलबुताले मुम्बईले खेल जित्न सकेको छैन।
सिजनको पहिलो खेलमा दिल्ली विरुद्ध चार विकेट लिए पराजय व्यहोरेको मुम्बईले त्यसपश्चात राजस्थान विरुद्ध २२ रन, कोलकाता विरुद्ध पाँच विकेटले, बेङ्गलोर बिरुद्ध ७ विकेट, पन्जाब विरुद्ध १२ रन, लखनउ विरुद्ध १८ रन, चेन्नाई विरुद्ध ३ विकेट र लखनाउ विरुद्धको दोस्रो खेल ३६ रनले गुमाउदै लगातार ८ खेलमा पराजय बेहोरेको छ।
अक्सनको समयमा ओभर कन्फीडेन्सले भनौ या सिजनको ब्याड लक मुम्बई यसरि पिटिनुमा दुवै पक्ष उत्तिनै जिम्मेवार रहेको छ।
बोल्ट, हार्दिक र क्रुनाल जस्ता खेलाडीलाई रिलिज गरेर उक्त ठाउँको भरपाई गर्न नसक्दा मुम्बई अहिले बिचरा भन्ने अवस्थामा पुगेको छ।