बिमलको गोलमा नेपाल ११ बर्षपछी मैत्रीपुर्ण खेलमा बिजयी !

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अफ्रिकन टोली मौरिसियस विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले बिजयी भएको छ।

४-३-३ फर्मेशनमा खेल सुरुवात गरेको नेपालले पहिलो हाफ बराबरीमा टुंग्याएको थियो। मौरीसीयस भन्दा प्राविधिक रुपमा राम्रो खेल प्रस्तुत गरे पनि नेपालले विपक्षीको पोस्टमा धावा बोल्ने खालका मुभ भने निकाल्न सकेको थिएन।

दोस्रो हाफको ५४औँ मिनेटमा पाएको मौकालाई सुन्दर फिनिसिङ गर्दै विमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका थिए।

झण्डै दुई वर्षपछि नेपाली राष्ट्रिय टोलीमा कमब्याक गरेका विमल घर्तीमगरको राष्ट्रिय टोलीका लागि यो आठौं गोल रहेको छ।

दोस्रो हाफको सुरुवातमै मौरिसियस टोली गोल गर्ने सुनौलो मौकामा अभागी सावित भएको थियो। मौरीसियन खेलाडी जिमसनले प्रहार गरेको शट पोस्टमा लागेर फर्किन पुगेको थियो।

तर दोस्रो हाफको ५४औँ मिनेटमा पाएको मौकालाई सुन्दर फिनिसिङ गर्दै विमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका थिए।

त्यसैगरी अर्का अटाकिंग मिडफिल्डर जगजित श्रेष्ठले झण्डै ७ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा पाइला राखेका छन्।

दोस्रो हाफमा सुनिल बलको ठाउँमा मैदान प्रवेश गर्दै जगजित श्रेष्ठले आफ्नो कमब्याक पूरा गरेका हुन्।

खेलको ६५औं मिनेटमा हाजियोले प्रहार गरेको लङ्ग रेन्ज शट लाई बचाव गर्दै किपर चेम्जोङले संकट टारेका थिए।

खेलको ७४औं मिनेटमा पाएको फ्रीकिक अवसरमा अन्जन बिष्टले प्रहार गरेको हेडर बारमा ठोकेर फर्किन पुग्दा राष्ट्रिय टोलीले अग्रता दोब्बर बनाउने राम्रो मौका गुमाएको थियो।

त्यसको केही समयमै अन्जन विष्टलेनै प्रहार गरेको शट पुनः बारमा लागेर फर्किएको थियो भने रीबाउँड भएको बललाई जगजित श्रेष्ठले सदुपयाेग गर्न सकेनन्।

खेलको ८३औं मिनेटमा विमल घर्तीमगरलाई प्रतिस्थापन गर्दै अर्का युवा खेलाडी मनिष डाँगी मैदान प्रवेश गरेका थिए।

नतिजासँगै नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा एक दशकपछि जित निकालेको हो। त्यसैगरी प्रशिक्षक अब्दुल्लाह अल्मुताईरिको नेतृत्वमा नेपालले चौथो खेल जित्न सफल भएको छ।

मंगलबार नेपालले मौरीसियस विरुद्ध दोस्रो खेल खेल्नेछ

Leave a Reply

Next Post

क्याम्प नोउको नामाकरण अघिकार बेच्ने तयारीमा बार्सिलोना

Sat Jan 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना स्ट्रिमिङ सेवा प्रदायक स्पोटिफाईसँग क्याम्प नोउ स्टेडियमको नामकरण अधिकारसंगको सम्झौता नजिक रहेका रिपोर्टहरु बाहिरिएका छन्। स्पोटिफाईले बार्साको प्राथमिक रूपमा शर्ट प्रायोजक रहेको जापानी इलेक्ट्रोनिक्स फर्म राकुटेनलाई पनि २०२२/२३ सिजनबाट प्रतिस्थापन गर्नेछ। रेडियो क्याटालुन्याले रिपोर्ट गरेअनुसार सम्झौताको बारेमा वार्ता जारी रहेको छ भने सम्झौता अनुसार प्रायोजन […]
%d bloggers like this: