हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत अहिले भैरहेको भैरहवा गलाडीयेटर्स र विराटनगर वारियर बीचको खेलमा विराटनगरले भैरहवालाई ९० रनको चुनौती पेस गरेको छ।
निर्धारित २० ओभरको खेलमा विराटनगरले १७ दशमलव ४ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै ८९ रन बनाउन पुगेको थियो।
टस जितेर पहिले फिल्डिङ रोजेको भैरहवाका लागि उसका बलरहरुले उक्त निर्णय माथि राम्रो साथ दिएका थिए।
विराटनगरका लागि केवल चार ब्याटस्म्यानले दोहोरो अङ्क छुन पुगेका थिए।
निकै खराब प्रदर्शन गरेको विराटनगरका लागि श्रीलंकाली ब्याट्सम्यान दिल्शन मनरुवाले सर्वाधिक २५ रन प्रहार गरे भने सुमित महर्जनले दोस्रो सर्वाधिक १३ रन बनाए। प्रतियोगितामा राम्रो प्रदर्शन गरी रहेका जिम्बाबेका ब्याट्सम्यान सिकन्दर राजाले ५ रन बनाएका थिए भने कप्तान करण केसी डक आउट हुन पुगेका थिए।
नेपालका स्टार स्पिनर बसन्त रेग्मीले तल्लो क्रममा १० रन जोड्दा बिराटनगरले ८९ रनमा आफ्नो सम्पूर्ण विकेट खेर फ्यालेको थियो।
विराटनगरलाई सस्तैमा समेट्नका लागि भैरहवाका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे।
श्रीलंकाका बलर धमिका प्रसादले ३ ओभरमा १ मेडन राख्दै ६ रन दिएर ३ विकेट लिए। त्यसैगरी आशिफ शेखले ३ ओभरमा २३ रन दिदा ३ विकेटकाे चट्काए भने दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १-१ विकेट आफ्नो नाममा गरे।
अभिनाश बोहोराले ३.४ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट आफ्नो नाममा गरे।