बिराट कोहलीको चम्किलो करियरमा छायाँ पर्न थालेको हो?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| समय निकै बलवान छ, यसले जो कोहिलाई पनि आफ्नो फन्दामा पारेरै छाड्दछ भन्ने कुराको उदाहरण बिराट कोहलीको फर्मले अहिले देखाईरहेको छ।

एक समय क्रिकेट जगतमा आफ्नो ब्याटिंगले एक पछि अर्को रेकर्डलाई सजिलै पाखा लगाएका बिराटको फर्म, अत्तर जस्तै बिलय भएको छ।

एकाएक भने हैन तर पछिल्लो दुई बर्षमा उनको प्रदर्शनले उनको बिराट स्वरूप भने दर्शाउन सकेको छैन।

नोभेम्बर २०१९ पछि कुनै पनि ढाँचाको क्रिकेटमा कुनै पनि शतक छैन, उनको अन्तिम शतक बंगलादेश विरुद्ध कोलकातामा भएको भारतको पहिलो पिंक बल टेस्टमा आएको थियो।

सीमित ओभारका क्रिकेटमा पहिलेको जस्तो दमदार प्रदर्शन देखाउन नसकेपनि उनको औसत र रन भने केहि हदसम्म सन्तोषजनक रहेको छ।

तर कुरा टेस्ट क्रिकेटमा हो – कोहलीले सबैभन्दा सम्मान गर्ने ढाँचा – जस्मा डरलाग्दो गिरावट आएको छ।

उनका पछिल्ला १४ टेस्टमा, २५ इनिङ्समा, रिटर्न निश्चय नै कम भएको छ: २६.०८ को औसतमा ६५२ रन, र उच्चतम स्कोर ७४। त्यो पारी, डिसेम्बर २०२० मा एडिलेडमा पिंक बल टेस्टमा अस्ट्रेलिया विरुद्ध थियो।

सबै द्विपक्षीय शृङ्खलाहरूमा धेरै सफलता हासिल गरे पनि, पुर्ब कप्तान कोहलीले २०१७ को सुरुमा पूर्ण-समय कप्तानको रूपमा भारतलाई कुनै पनि आइसीसीका प्रतियोगिताहरु उपाधि जिताउन नसकेको कारणले दबाब सामना गरिरहेका छन्।

तर आफ्नो ब्याटिंगमा क्रमिक रुपमा खराब लयको सामना गरिरहेका भारतीय दिग्गज भने आफु यस कुराबाट बिचलित नभएको बताउछन्:

“बाहिरको संसारले मलाई हेर्ने लेन्सबाट म आफूलाई हेर्दिन। मसँग तुलना गरिएका मापदण्डहरू आफैंले तय गरेका हुन्। अरू कसैलाई भन्दा म टोलीका लागि उत्कृष्ट गर्न चाहन्छु भन्नेमा गर्व गर्छु।

“खेलकुदमा कहिलेकाहीं चीजहरू तपाईले चाहानु भएको तरिकामा जान सक्दैनन् तर मलाई थाहा छ कि म गत वर्ष वा ब्याटरको रूपमा धेरै महत्त्वपूर्ण क्षणहरूमा संलग्न भएको छु, “

यसै साता आफ्नो १०० औ टेस्ट क्रिकेट खेलेका कोहलिको बदलिएको खेल स्वभाबले पक्कै पनि राम्रो संकेत भने गर्दैन।

आधुनिक क्रिकेटमा आफुलाई उच्च कोटिका ब्याट्सम्यानका रुपमा स्थापित गराएका ३३ बर्षिया कोहलीका सामु अब धेरै बर्ष उच्च कोटिमा खेल्ने समय भने छैन।

 

Leave a Reply

Next Post

एल्के विरुद्ध बार्सिलोनाको शानदार पुनरागमन जित

Sun Mar 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै क्याटलन महारथी बार्सिलोनाले एल्के विरुद्ध शानदार जित निकालेको छ। एल्केको घरेलु मैदानमा पहिलो हाफमा १-० ले पछि परेको स्थितिमा दोस्रो हाफको मध्याह्न पछि पुनरागमन गर्दै बार्सिलोनाले २-१ ले खेल आफ्नो हातमा पारेको थियो। आइतबार बेलुकी भएको खेलमा पहिलो हाफको […]
%d bloggers like this: