हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोलकाता नाइट राईडर्स विरुद्ध प्ले ओफमा ४ विकेटको पराजय भोगे संगै एकपटक पुन: बेंगलोरको आइपिएल जित्ने सपनाको बिलय भएको छ।
सिजनलाई सफल बनाउने उद्धेश्यले सुरुवात गरेको रोयल च्यालेंजरको समूह चरणको यात्रा यसपटक राम्रो रहेको थियो।
९ जित र ५ हार बेहोरेको बेंगलोर तालिकाको तेस्रो स्थानमा रहदै प्ले ओफ को यात्रा तय गरेको थियो।
तर कलकत्ता बिरुद्धको अप्रत्याशित हारले कोहली संगै सम्पूर्ण बेंगलोरको समर्थक माझ खिन्नता उत्पन्न गरायो।
२०१६ पछि निकै राम्रो प्रदर्शन गरिरहदा यसपाली चाहिँ केहि होला कि भनेर बसेका फ्यानले फेरी अर्को बर्ष केहि देख्न कुर्न पर्ने भएको छ।
तर अर्को बर्षदेखि भने विराट कोहलीले बेंगलोरको नेतृत्व गर्ने छैनन्। उनि अब कप्तानको भूमिकामा नदेखिने कुरा उनले बताइसकेका छन्।
विराट कोहलीले कप्तानको भूमिकामा रोयल च्यालेन्जर्स बैंगलोर संग ८ सिजन (२०१३ देखि २०२१) सम्म रहन सफल भए, सोमबार उनको टीम आईपीएल २०२१मा एलिमिनेटर बाट बाहिरियो। कोहलीले आफ्नो जिम्मेवारीको समयमा १४० खेल खेल्दा, ६४ जीत, ६९ हार, तीन बराबर, चार नतिजा बिहिनको उतार चढावको एउटा रोमान्चक यात्राको सफर गरे।
उनको कप्तानीमा रोयल च्यालेंजर बेंगलोरले केवल एक फाइनल खेल्यो, त्यसमा पनि सनराईजर्स विरुद्ध पराजय बेहोरेको थियो।
कोहलीले होस्ट ब्रोडकास्टर स्टार स्पोर्ट्सलाई भने, “मैले यहाँ एउटा संस्कृति बनाउन को लागी सक्दो प्रयास गरेको छु जहाँ युवाहरु आएर अभिव्यक्तिपूर्ण क्रिकेट खेल्न सक्छन्, विश्वास संग खेल्न सक्छन्। यो मैले भारतीय टीम स्तर मा पनि गर्न कोसिस गरेको छु।” । तर म यो तथ्य को लागी आश्वस्त गर्न सक्छु कि मैले मेरो फ्रेंचाइजको लागी १२०% प्रत्येक बर्ष दिएको छु, टीम को नेतृत्व।
“र मैले भनेझैं, मँ अब एक खेलाडी को रूप मा मैदान मा त्यो प्रयास दिन को लागी जारी राख्नेछु। यो एक राम्रो समय हो अबको दिनमा राम्रो टोलि गठन गर्नको लागी।”
कप्तानी बाट राजिनामा दिएपनि खेलाडीका रुपमा मैदानमा उत्रने कुरा संगै उनले आफु रोयल च्यालेंजरका बाहेक अरु कुनै टोलि संग आइपिएल नखेल्ने कुरा प्रस्ट्याएका थिए।