हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | बिश्वकप छनोट पेअफको अन्तिम स्टेज: गए रातिभएको खेलमा पोर्चुगलले टर्कीलाई ३-१ को गोलान्तरले पराजित गरेको छ।
बिश्वकपको स्थान पाउन पोर्चुगलका लागि निकै कठिन समिकरण बनेको थियो।
इटालीको उत्कृष्ट लयलाइ हेर्दा, उसको स्थान पक्का रहने स्थिती देखिएको थियो।
तर फुटबल अपत्यारिलो खेल हो भन्नेभनाइलाई हिजो नर्थ मेकेडोनियाले प्रमाणित गरेको छ। ९०+२’ मिनेटमा इटालीमात्गी अग्रता लिदै, खेलमा जित हासिल गर्न सफल मेकेडोनियका लागि ट्राज्भोस्कीले गोल गरेका थिए।
इटालिको हार सङ्गै पोर्चुगलको बिश्वकप पुग्ने समिकरण निकै सजिलो बन्न पुगेको हो। मंगलबार मेकेडोनियासङ्ग भएको प्लेअफको अन्तिम खेल, पोर्चुगल र बिश्वकप छनोटको एक अन्तिम खुड्किलो रहने छ।
टर्कीबिरुद्द हासिल गरेको जितमा, पोर्चुगलका लागि ओटाभियो, डिएगो ओटा र मेथियुज ल्युजले एक एक गोल गरेका थिए।
उक्त खेलमा समर्ग प्रदर्शन राम्रो गर्न सफल रोनाल्डोले दुई ठुला मौका भने गुमाउन पुगेका थिए।