बिष्फोटक फर्ममा रियल मड्रिड, भिनिसियस करियारकै उच्च लयमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस ला लिगामा रियल मड्रिडले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै रियल सोसिडाड विरुद्ध शानदार जीत निकालेको छ।

आइतबार बिहान भएको खेलमा रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गर्दै शीर्ष स्थानमा रियल मड्रिडले आफ्नो स्थान थप फराकिलो बनाएको हो।

खेल सुरु हुन भन्दा अधि चौथो स्थानमा बसेको सोसीडाडले पहिलो स्थानको रियलको चुनौती भने स्वीकार्न सकेन।

पछिल्ला पाँच खेलमा लगातार पाँच जित निकालेको रियलका लागि विस्फोटक फर्ममा रहेका ब्राजिलियन खेलाडी भिनिसियस जूनियर र लुका जोभिकले गोल गरेका थिए।

पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा खेलमा अग्रता लिने राम्रो अवसरहरु खेर फ्याकेका थिए।

रियाले एरिनामा शनिबार राति भएको खेलमा रियलले खेलको ४७औं मिनेटमा भिनिसियस जुनियरको गोलबाट अग्रता लिएको थियो ।

उनले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी सिजनको ला लिगामा २१ वर्षीय भिनिको यो १६औं खेलमा १०औं गोल हो ।

उनले यो सिजन रियलका लागि सबै खेलमा १२ गोल गरिसकेका छन्।

त्यसको १० मिनेटपछि जोभिकले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । जोभिकले क्यासमिरोको पासमा गोल गरेका थिए।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा रियलले जित निकाल्न सफल भयो । जितसँगै रियल म्याड्रिडले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ।

रियलको १६ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ।

रियल बेटिसको ३० तथा एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको २९ अंक छ । पराजित सोसिडाड २९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

Leave a Reply

Next Post

प्रिमियर लिगमा आज म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस भिड्दै!

Sun Dec 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा आज साँझ म्यानचेष्टर युनाइटेड र क्रिष्टल प्यालेस आपसमा प्रतिस्पर्धा गर्दैछन्। बेलुकी ७:४५ बाट सुरु हुने खेलमा म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफर्डमा पुरानो प्रतिद्वन्द्वी प्यालेसको सामना गर्नेछ। प्रशिक्षकको ओले गनरलाई बर्खास्त गरेपछि उनका ठाउँमा आएका जर्मन राल्फ राग्नीकको अन्तरिम प्रशिक्षकका रुपमा आज पहिलो खेल रहेको […]
%d bloggers like this: