बिस्वचार्चित नामहरुलाइ पछि पार्दै, कुशल भुर्तेल टि-२० बरियताको ५९ औ स्थानमा !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। आज सार्बजनिक भएको टि-२० बरियता अनुसार कुशल भुर्तेल ६० औ स्थानबाट ५९ औ स्थानमा उकलिएका छन्।

आज अन्तर्राष्ट्रिय क्रिकेट परिषदले राष्ट्रहरुको तथा खेलाडीहरुको बरियता सार्बजानिक गरेको छ। राष्ट्रहरुको बरियता अनुसार, नेपाल टि-२० को १३ औ स्थानमा परेको छ भने एकदिवसीय अन्तर्गत १६ औ स्थानमा परेको छ। एसोसिएट राष्ट्रको सुचिमा भने नेपाल टि-२० अन्तर्गत पहिलो स्थानमा रहेको छ।

खेलाडीहरुको कुरा गर्दा चार नेपाली खेलाडीहरुले बरियतामा परेका छन्। गत शृंखलामा विश्वस्तरीय प्रदर्शन दिएका भुर्तेलले ४४२ अंक सहित आफुलाई ५९ औ स्थानमा ल्याएका छन्। भने पछिल्लो पटक ५९ औ स्थानमा रहेका वेस्ट इण्डीजका कप्तान कायारण पोलार्ड अहिले ६० औ स्थानमा झरेका छन्।

कुशल भुर्तेलले निकै नामचलेका खेलाडीहरुलाई बरियतामा पछि पारेका छन्, जस मध्ये केहि नाम : पोलार्ड, स्टिभ स्मिथ, रिशब पन्त, शोएब मालिक,, मार्कस स्टोइनिस, लेण्डल सिमंस रहेका छन्।

उत्तिकैमा नेपाली पूर्व कप्तान पारश खड्का जसले पुर्ब शृंखला गुमाएका थिए, उनि तिन अंक तल झर्दै ९१ औ स्थानमा पुग्दा, बर्तमान कप्तान ज्ञानेन्द्र मल्ल भने ४ स्थान तल झर्दै ९६औ स्थानमा झरेका छन्।

Nepal vs Netherlands 2021

टि-२० बरियताको शिर्ष पाच स्थान हेर्दा, डेविड मलान पहिलो स्थानमा यथावत छन्, दोस्रोमा बाबर आजम, तेस्रोमा आरोन फिंच, चैथोमा न्युजिल्याण्डका देभन कनवे र पाचौमा भारतीय कप्ता बिराट कोहली रहेका छन्।
Sandeep Lamichhane takes a wicket against malaysia

नेदरल्यान्ड्स बिरुद्दको शृंखलामा मध्यम स्तरको प्रदर्शन गरेका सन्दिप लामिछाने भने दुइ अंक तल झर्दै बलिङ्ग बरियताको ७८ औ स्थानमा रहेका छन्। सन्दीपले राष्ट्रिय टोलिबाट धेरै खेल खेलेका छैनन्, नेपाली क्रिकेटलाइ प्रतियोगिताको लगातार अवसर नभएको कारण खेलाडीहरुको स्थानमा सुधार आउन निकै कठिन हुने गर्दछ।

Leave a Reply

Next Post

रोमाञ्चक खेलमा अस्ट्रेलियाको साँघुरो जित !!

Thu Jul 15 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। चौथौ टि-२० मा अस्ट्रेलियाद्वारा वेस्ट इण्डिज पराजित !! टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अस्ट्रेलियाले २० ओभर ब्याटिङ्ग गर्दै राम्रो योगफल बनायो। कप्तान फिंच र मिचेल मार्शको ११४ रनको बिशाल साझेदारीको मद्दतले ११ ओभरमै अस्ट्रेलियाले १२६ रन बनाइसकेको थियो। तर अघिल्ला खेलको जस्तो फेरी पनि […]
%d bloggers like this: