बुन्डेस्लिगा : पहिलो खेलमा बायर्न म्युनिक बराबरीमा रोकियो !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | बरुसियामा भएको यस सिजनको पहिलो खेलमा बायर्न म्युनिक १-१ गोलको बराबरीमा रोकिएको छ ।

पछिल्लो सिजनको बिजेता बायर्न हिजो भएको खेलको २२ औ मिनेटमै एक गोलले पछाडि परेको थियो।

बरुसिया एम्ग्लाड्बाचका लागि २२ औ मिनेटमा कप्तान स्टिन्ड्लको शानदार पासलाई गोल गर्दै स्ट्राइकर प्लिले पहिलो अग्रता दिलाएका थिए।

बायर्नले सुरुबाटै आक्रमक अन्दाज देखाएपनी , पहिलो गोल पश्चात् केही समय डिफेन्सिब मोडमा देखिएको थियो।

अग्रतालिएको बरुसियाले भने पहिलो गोल पस्चातनै डिफेन्सिब मोड अपनाएको थियो।

पहिलो हाफ सकिन लाग्दा सम्म पनि अग्रता कायम राखेको बरुसियाले ४२ मिनेटमा आफ्नो अग्रता गुमायो।

४२ मिनेटमा बायर्नका किमिचले दिएको पासलाइ गोलमा परिणत गर्दै रोबर्ट लेवन्डोस्कीले यस सिजनको पहिलो गोल गरेका थिए।

४२ औ मिनेटमा बायर्नले गोल गरेपछी खेलले बराबरीको मोड लिएको थियो।

दोस्रो हाफमा दुबै पक्षबाट उत्तिकै प्रयास भए तर कुनै पनि गोल भने हुन सकेन।

बायर्न बिरुद्द देखिएको बरुसिया एमग्लाड्बाचको खेलको ढङ्ग भने निकै उल्लेखनिय रहेको थियो ।

दुबै टोलिले अहिलेसम्म २८ पटक एकार्काको सामना गरेका छन। जसमा बरुसियाले ९ जित हासिल गरेको छ भने बायर्नले ११ र ८ पटक खेल बराबरीमा टुङ्गिएको छ।

Leave a Reply

Next Post

टटेन्हामद्वारा पूर्व लिग बिजेता म्यानचेस्टर सिटि पराजित !!

Sun Aug 15 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। सनको गोलमा टोटेन्हामलाइ महत्वपुर्ण जित। प्रिमियर लिग नया सिजनअन्तर्गत गए राति भएको टटेन्हाम र म्यानचेस्टर सिटिबीच भएको खेलमा टटेन्हामले सिटीलाइ पराजित गरेको थियो। पछिल्लो सिजनमा राम्रो लय पकड्न नसकेको टटेन्हामले यसपटकको सिजनको सुरुवात, म्यानचेस्टर सिटिबिरुद्द उत्कृष्ट जित निकाल्दै गरेको छ। पछिल्लो केहिसमयमा टटेन्हामले तिन प्रशिक्षक परिवर्तन […]
%d bloggers like this: