हाम्रो नेपाल स्पोर्टस, काठमाण्डौ । दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डद्वारा भारत ६ विकेटले पराजित !!
टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले बलिङ्ग तर्फ त्यति राम्रो प्रदर्शन गर्न सकेन। राम्रो सुरुवात गर्दै ओपनर शिखर धवन र रोहित शर्मालाइ सस्तोमै पबिलियन पठाएता पनि, भारतको मिडल अर्डर आक्रमणलाइ राम्रो स्पेल गर्न नसकदा, भारतीय कप्तान बिराट कोहली, के एल राहुल, र ऋषब पन्तले भारतीय योगफललाइ अत्यन्तै धेरै बनाउन मद्दत गरे। के एल राहुलले आफ्नो बापसी गर्दै १०८ रनको धुवाधार पारी खेले।
कोहलीले ७९ बलको सामना गर्दै ६९, ११४ बलको सामना गर्दै राहुलले १०८ रन जोड्दा पन्तले ४० बलमै सात छक्का र ३ चौकाको मद्दतले ७७ रन जोडे, जसको कारण घरेलु टोलि भारतले इंग्ल्याण्ड सामु ३३७ रनको बिजयी लक्ष्य पेस गरेको हो।

३३७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ब्याटिङ्ग तर्फ सन्तोषजनक सुरुवात गरेको थियो। जेसन रोय र बेयर्स्टोले ११० रनको शतकीय साझेदारी गर्दै इंग्ल्याण्डलाइ राम्रो सुरुवात दिलाएका थिए। रोय ५५(५२) रनमा आउट भए पश्चात क्रिजमा आएका बेन स्टोक्स र बेयरस्टोले महत्वपुर्ण साझेदारी गरेर इंग्ल्याण्डलाइ जितको मुखमा पुर्याएका थिए।
त्यी दुइ बीच १७५ रनको बिशाल साझेदारी भएको थियो। ५२ बलको सामना गर्दै १० छक्का र ४ चौकाको प्रहार गर्दै बेन स्टोक्स ९९ रनमा आउट हुन पुग्दा, बेयर्स्टो भने ७ छक्का र ११ चौका प्रहार गर्दै १२४ रन जोडेर आउट भए।



त्यसपछि आएका बटलर शुन्यमै आउट हुदा, डेविड मलान र लिभिङ्गस्टोनले खेललाई नतिजातर्फा डोर्याए। मलानले १४ रन र लिभिङ्गस्टोनले २२ रनको अविजित पारी खेल्दै खेलको अन्त्य गरे। बलिङ्ग तर्फा प्रसिद्द कृष्णको दुइ विकेटको स्पेल बाहेको कसैको स्पेल उल्लेखनिय रहेन । इंग्ल्याण्डले दोस्रो एकादिबसिय्मा ३९ बल रहदै, ६ विकेटको जित निकाल्यो।
जित संगै इंग्ल्याण्डले शृंखलालाइ बराबरीमा ल्याएको छ भने अब हुने फाइनल खेलले शृंखलाको बिजेताको टुंगो लाग्ने छ।