हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। अघिल्लो बर्ष कोरोनाका कारण स्थगित भएको बेलोन डि’अर र यसपटकको उपाधीलाइ पनि ध्यानमा राखेर, फ्रान्सको एक प्रख्यात पत्रिकाले फुटबलको इतिहासमा पहिलो पटक एकै रातमा दुइवटा बेलोन डिओरको उपाधी प्रधान गरिने भनेर जनाएको छ।
२०२० अन्तर्गतको उपाधीका लागि सबै भन्दा धेरै सम्भावना भएका खेलाडी रोबर्ट लेवनडोस्कि रहेका छन्। फुटबल जगतको उक्त बर्षको प्रतिक्रिया र उनको उपलब्धि तथा प्रदर्शन निकै नै उल्लेखनिय रहेको थियो।
लेवनडोस्किले २०२०को सिजनमा बायर्न म्युनिकसंग ट्रेबल जितेका थिए। १९-२०को सिजनमा उनले बुण्डेस्लिगा, च्याम्पियन्स लिग, र डिएफबि पोकाल हात पारेका थिए। २०२० का लागि उनलाई फिफा उत्कृष्ट पुरुष खेलाडीको उपाधीपनि दीएको थिए। उनले २०२० अन्तर्गत हासिल गरेका उपाधी हरु यस प्रकार छन :
– बुण्डेस्लिगा बिजेता ,
– च्याम्पियन्स लिग बिजेता ,
– डिएफबि पोकाल बिजेता ,
– युरोपियन स्पोर्ट्स मिडिया टिम ओफ द इयरमा समाबेश ,
– द गार्डियन बेस्ट फुटबलर इन द वर्ल्ड ,
– टुट्टोसपोर्ट गोल्डेन प्लेयर ,
– च्याम्पियन्स लिग अन्तर्गत, उत्कृष्ट फरवार्ड, टप गोलकर्ता, टप एसिस्ट प्रदान गर्ने खेलाडी, टिम अफ द सिजनमा समाबेश, युरो छनोट ( बेस्ट प्लेयर) ,
– आदि ।
२०२० का सम्भावित उनि हुदै गर्दा, २०२१ को पनि उपाधी उही दिन प्रदान गरिने भनिएको छ। २०२१ का लागि प्रमुख दाबेदारका रुपमा देखिने खेलाडीहरु, एनगोलो काण्टे, जोर्जिन्हो, लायोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो आदि रहेका छन्।
हजुरहरुको विचारमा २०२१ को बेलोन डीओरको उपाधी कसलाई दिन पर्छ होला त ?
बेलोन डीओरको मिति : डिसेम्बर ५, २०२१