बेल्जियमलाई हराउदै फ्रान्स नेसन्स लिगको फाइनलमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्सले बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

खेलमा २-० ले पछाडि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरको थियो।

निकै रोमान्चक बनेको उक्त खेलमा बेल्जियमका लागि पहिलो हाफमा यानी कारस्को र रोमेलू लुकाकुले गोल गरे।

खेलको ३७ औँ मिनेटमा कारस्को को गोल बाट अग्रता लिएको बेल्जियमको टोलीले ४० औं मिनेटमा रोमेलु लुकाकुको गोल मार्फत २-० को अग्रता लिएको थियो।

बेल्जियमका दुवै गोलमा उसलाई स्टार खेलाडी केभिन डीब्रुइनले एस्सिट गरेका थिए।

पहिलो हाफमा २-० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

खेलको ६२ औं मिनेटमा करिम बेञ्जेमाले एमबापेको पासलाई, चलाखीपूर्ण ढंगले बेल्जियमका रक्षाक्रमलाई मात दिँदै गोल गरेर फ्रान्सलाई खेलमा फर्काएका थिए।

त्यस्तै खेलको ६९ औं मिनेटमा फ्रान्सका ग्रिजम्यानलाई डी एरियामा फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एमबापेले कुनै गल्ती नगरी जाली चुमाउँदा फ्रान्सले दोश्रो हाफको मध्यान्ह मा बराबरी गरेको थियो।

खेलको अन्तिम १० मिनेट झन् रोचक बनेको थियो। खेलको ८७ औं मिनेटमा रोमेलु लुकाकुले गरेको फिनिसिङ अफसाइड ठहरिदा निर्धारित समयको ९० औं मिनेटमा थियो हेर्नन्देसले डी एरियाबाट फार पोष्टमा गरेको प्रहारले जाली चुम्दा फ्रान्स विजयी भएको थियो।

युरोपियन नेशन्स लिगको फाइनल यहि अक्टोबर १० मा हुँदैछ।

उपाधिका लागि अब स्पेन र फ्रान्सले प्रतिष्पर्धी गर्ने छन्।

 

Leave a Reply

Next Post

एभरेस्ट प्रिमियर लिग २०२१ को उपाधि चितवन टाइगर्सलाई

Sat Oct 9 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| त्रिवी अन्तरास्ट्रिय मैदानमा आज समापन भएको चौथो संस्करणको इपिएल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ। चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक एभरेष्ट प्रिमियर लिग को उपाधि जितेको हो। पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर ११४ रन बनाउदै […]
%d bloggers like this: