बेल्जियम बिरुद्दको हार पश्चात पोर्चुगल राउण्ड अफ १६ बाट बाहिर !!!

Portugal gets elimnated from Euros 2020

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। समूह तालिकामा उच्च स्तरिय टोलिहरु संग प्रतिस्पर्धा गरेर आएका दुवै टोलि बिचको खेल निकैनै रोमाञ्चक भएको थियो। सुरु बाटै दुवै टोलीले आफ्नो खेलको राम्रो झलक प्रस्तुत गरेका थिए।

पहिलो हाफको ४२ औ मिनेटमा बेल्जियमका थोर्गान हजार्डले गोल गर्दै पहिलो र अन्तिम अग्रता दिलाएका थिए। पहिलो हाफ सकिदा खेलको स्कोर बेल्जियमको पक्षमा १ गोल रहेको थियो।

Portugal gets eliminated

खेलको धेरै मोडमा पोर्चुगलले पनि गोल गर्ने मौका नपाएको भने हैन। राम्रो फिनिश तथा अन्तिम समयको पास राम्रो हुन नसक्दा पूर्व बिजेता पोर्चुगल गोल बिहिन रहन पुग्यो। यस युरोमा पोर्चुगलले निकै उच्च स्तरिय टोलिहरु संग प्रतिस्पर्धा गरेको थियो। सोहि क्रममा उसले सबै खेलमा पहिलो अग्रता लिएको थियो। तर यसपटक खेल नै १-० मा सकिदा खेलाडी तथा समर्थक सबै निराश हुन पुगेका छन्।

Belgium vs Portugal

पोर्चुगललाइ अब अर्को युरोमा अर्को मौकाको तलाश हुने छ भने बलियो देखिएको बेल्जियम युरो २०२० को प्रमुख दाबेदारको रुपमा अगाडी आएको देखिन्छ ।

सम्भावित अनितम युरोकपमा सहभागिता जानेका रोनाल्डोले आफ्नो टोलीलाई राम्रो नतिजा तर्फ लग्न नसकेतापनि, आफु बाट हुन सक्ने उच्च स्तरिय प्रदर्शन गरेका थिए। यस युरोमा उनले पहिला तिन खेलमै ५ गोल गर्दै धेरै रेकर्डहरु पनि तोडी सकेका छन्। उनि युरोकपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् भने अन्तर्राष्ट्रिय खेलहरुमा सबै भन्दै धेरै खेल खेल्ने खेलाडी पनि बनेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमामा पहिलो स्थानमा उकलिएका छन्।

Leave a Reply

Next Post

दोस्रो टि-२० मा, दक्षिण अफ्रिकाद्वारा वेस्ट इण्डिज १६ रनले पराजित !!

Mon Jun 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पहिलो खेलमा हार बेहोरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा जित हासिल गर्दै शृंखलामा बराबरी गरेको छ। टस जितेर पहिला फ़िल्डिङ्ग गरेको वेस्ट इण्डिजले पहिलो पावार्प्लेमा राम्रो प्रदर्शन गर्न सकेन। वेस्ट ईण्डिजले पहिलो विकेट लिदा, अफ्रिकाको स्कोर ६.५ ओभरमा ७३ रन रहेको थियो। पहिला केहि ओभरमा आक्रामक ब्याटिंग […]
South africa vs west indies
%d bloggers like this: