ब्राजिललाइ पराजित गर्दै अर्जेन्टिनाले हासिल गर्यो २८ बर्षपछिकै पहिलो अन्तर्राष्ट्रिय उपाधी !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। सेमिफाइनलको खेल भन्दा ५ खेलाडी परिवर्तन गरेको अर्जेन्टिनाले सुरुवाती मिनेटबाटै दबाब सिर्जना गरेको थियो। तेस्रो मिनेटमा मोण्टिएलमाथिको खराब ट्याकलका कारण ब्राजिलका फ्रेडलाइ पहेलो कार्डले दण्डित गरिएको थियो।

१३ औ मिनेटमा रिकार्लिसनको पासमा, नेयमारले गरेको गोल गर्ने प्रयासलाइ ओटामेण्डिले रोकेका थिए। २२ औ मिनेटमा अर्जेन्टिनाले पहिलो र महत्वपूर्ण अग्रता हासिल गर्यो ।

रोद्रिगो डि पौलको राम्रो पासलाइ उत्कृष्ट ढंगले फिनिशिंग गर्दै एन्जल डि मारियाले अर्जेन्टिनालाइ पहिलो अग्रता दिलाएका थिए। डिफेन्समा रेनान लोडीले गरेको गल्तिले ब्राजिललाइ दबाब सिर्जना भएको थियो।

३३ औ मिनेटमा नेयमारबाट बल खोस्ने क्रममा, उनलाई लडाउन पुगेका अर्जेन्टिनाका डनिएल परेडेसलाइ पहिलो कार्ड देखाइएको थियो। ३७ औ मिनेटमा रेनान लोडीलाई पुन छल्याउन खोजेका डि मारिया यस पटक भने सफल हुन सकेनन।

पहिलो हाफ सकिदा, अर्जेन्टिनाले १-० को अग्रतालाइ कायम गरिरहेको थियो। पहिलो हाफमा शान्त देखिएको ब्राजिलसंग आफ्नो उपाधीको रक्ष्या गर्ने अन्तिम मौकाको रुपमा दोस्रो हाफ रहेको थियो भने १९९३ पश्चातको पहिलो अन्तराष्ट्रिय उपाधी हात पार्ने मौकामा एक कदम अगाडि बढिसकेको अर्जेन्टिनाले केवल ४५ मिनेटसम्म सो स्कोरलाइ थाम्नु पर्ने अवस्था थियो।

दोस्रो हाफको पहिलो मिनेटमै ब्राजिलले पहिलो परिवर्तनको रुपमा फ्रेडको ठाउमा रोबेर्टो फर्मिनोलाइ मैदान भित्र्याएको थियो। ५२औ मिनेटमा रिकार्लिसनले उत्कृष्ट गोल गरेका थिए जुन अफ़साइडका कारण अमान्य हुन पुग्यो।

खेलको ८० मिनेटपछि दुवै टोलिले आआफ्ना तर्फबाट लगातार रुपमा गोल गर्ने प्रयास गरे। अन्तिम केहि मिनेटमा भने अर्जेन्टिनाको प्रयास खेललाई सोहि स्थितिमा सक्ने प्रयास रहेको थियो। ब्राजिलले लगातार प्रयास त गर्यो तर मार्टिनेजले समय समयमा महत्वपूर्ण बचाऊ गरेका थिए। ८९ औ मिनेटमा मेस्सिले पाएको राम्रो मौका गुमाएका थिए।

५ मिनेटको अतिरिक्त समयमा पनि ब्राजिलले बराबरी गर्न नसक्दा, खेलमा अर्जेन्टिनाले जित हासिल गर्दै, उपाधी हात पारेको हो।

Leave a Reply

Next Post

इङ्ल्यान्डलाई पराजित गर्दै, इटालीले हात पार्यो युरो २०२० को उपाधी !

Mon Jul 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | पेनाल्टीसम्म पुगेको खेलमा इटाली बिजयी ! युरो कप २०२० अन्तर्गत आज भएको फाइनल खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले उपाधी आफ्नो नाम गरेको छ। खेलको दोस्रो मिनेटमा टृपिइयरको पासमा उत्कृष्ट गोल गरेका लुक सले इङ्ल्यान्डका लागि पहिलो अग्रता दिलाएका थिए। खेलको पहिलो मिनेटबाटै अग्रता लिएपछी दबाब […]
%d bloggers like this: