ब्राजिल कीर्तिमानी २२औँ पटक विश्वकपमा प्रवेश

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप छनोट २०२२ अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियालाई १-० ले पराजित गर्दै ब्राजिल कीर्तिमानी २२ औं पटक विश्वकपमा छनोट भएको छ।

पछिल्ला पाँच खेलमा चौथो जित निकाल्ने क्रममा ब्राजिलले घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी कोलम्बियालाई हराउन लुकास पास्केटाले दोस्रो हाफको ७२ औं मिनेटमा गोल गरेका थिए।

अधिकांश समय पाहुना टोलीलाई दबाबमा राखेको ब्राजिलियन टोलीले पाएका मौका हरूको सहि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा खेलेको थियो।

यस पटकको विश्वकप छनौटको खेलहरुमा अहिले सम्म अपराजित रहेको ब्राजिलले कुल १२ खेल्दा, ११ मा जित र एकमा बराबरी गरेको छ।

दोस्रो स्थानमा रहेको छ चिरप्रतिद्वन्द्वी अर्जेन्टिना भन्दा ९ अङ्क बढी बटुल्दै शीर्ष स्थानमा रहेको ब्राजिलले अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

छनौट भए सँगै ब्राजिलले सबैभन्दा बढी पटक विश्वकपमा सहभागिता जनाउने राष्ट्रको किर्तिमानमा थप सुधार गर्दै २२ औं पटक आफ्नो टिकट कटाएको हो।

ब्राजिलले सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकप देखि सन् २०१८ सम्म भएको संस्करणमा कुनैपनि विश्वकप प्रतियोगिता छुटाएको छैन।

कीर्तिमानी सहभागिता जनाएको ब्राजिल सर्बाधिक ५ पटक विश्वकप प्रतियोगिता जित्ने किर्तिमान पनि आफ्नै नाममा राखेको छ। ब्राजिललाई पछयाउँदै जर्मनीले दोस्रो सर्वाधिक १९ पटक, इटालीले १८ पटक, अर्जेन्टिनाले १७ र मेक्सिकोले १६औं पटक विश्वकपमा सहभागिता जनाइ सकेका छन्।

अर्काे खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई समान १–० ले पराजित गरेको छ । इक्वेडर २० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली १६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पाराग्वे १२ अंक जोडेर आठौं स्थानमा तथा भेनेजुएला ७ अंक जोडेर पुछारमा छ ।

Leave a Reply

Next Post

विश्वकप छनौटमा शनिबार अर्जेन्टिना र उरुग्वे भिड्दै

Fri Nov 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत शनिबार बिहान उरुग्वे र अर्जेन्टिना आपसमा भिड्दै छन्। आगामी बर्ष कतारमा हुने विश्वकपको छनौट अन्तर्गत तालिकामा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले छैठौं स्थानमा रहेको उरुग्वेको सामना गर्नेछ। उरुग्वेको घरेलु मैदानमा हुने खेलमा जीत निकालेको खण्डमा अर्जेन्टिनाको आगामी विश्वकपमा छनोट हुने सम्भावना थप […]
%d bloggers like this: