ब्राजिल र अर्जेन्टिना आ-आफ्ना खेलमा बिजयी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्वालिफायरमा अर्जेन्टिना र ब्राजिल ले आ-आफ्नो खेलमा विजय हासिल गरेका छन्।

ब्राजिलले चिली बिरुद्ध १-० को साँघुरो नतिजा निकाल्न सफल रह्यो।

निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अधिकांश समय चिलीले आफ्नो पक्षमा बल राखेपनि ब्राजिलको पोस्टमा गोल गर्न भने सफल भएन।

पहिलो हाफमा दुबै टोलीले गोल गर्ने केही राम्रा अवसरहरु खेर फालेका थिए।

टोलीलाई पछि पर्न बाट जोगाउन ब्राजिलियन किपर वेभर्टनले चिलीका केही महतत्वपूर्ण आक्रमणलाई विफल पारिदिएका थिए।

खेलको ६४औं मिनेटमा ब्राजिलियन खेलाडी नेइमारले प्रहार गरेको शट चिलीका गोलकिपर ब्राभोले बचाउँदा रीबाउन्ड हुन पुगेको थियो। सोही रीबाउन्डबललाई पोस्टको दिशा देखाउँदै ब्राजिलियन खेलाडी एभर्तन रिबेरोले ब्राजिललाई अग्रता दिलाएका थिए।

७ खेलमा लगातार ७ जित जितेको ब्राजिल अङ्क तालिकाको पहिलो स्थानमा रहँदै आगामी विश्वकपमा छनोट हुने सम्भावनालाई अझ बलियो बनाएको छ।

विश्वकप छनोटको अर्को खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्यो।

खेलको सुरुवातदेखि नै निकै आक्रमक रुपमा देखिएको अर्जेन्टिनी टोलीले घरेलु टोलीलाई आफूविरुद्ध फराकिलो हुने कुनैपनि अवसर प्रदान गरेन। निकै आक्रामक तवरले राम्रा मुभ निकालेपनि फिनिशिङ खराब हुँदा भेनेजुएला बिरुद्ध सुरुवातमै अग्रता लिने थुप्रै मौका अर्जेन्टिनाले गुमाएको थियो।

खेलको पहिलो हाफको ३० औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लिओनल मेस्सीलाई खराब ट्याकल गरेपछि रेफ्रीले भेनेजुयलाका खेलाडी एदृयान मर्टिनेज़ लाई रातो कार्ड देखाएका थिए।

पहिलो हाफको अतिरिक्त समय ४५+२ औं मिनेटमा लुतारो मार्टिनेज़ले लो सेल्सोको उत्कृष्ट पासको सही सदुपयोग गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए।दोश्रो हाफको ७१ औं मिनेटमा जोकिन कोरेराले अर्जेन्टिनालाई दोस्रो अग्रता दिलाएका थिए। त्यसको ठीक ३ मिनेट पछि एन्जल कोरराले ट्याप इन् गर्दै अर्जेन्टिनालाई ३-० को अग्रता दिलाउन सफल भए।

जारी क्वालिफायरमा अर्जेन्टिना ७ खेलमा ४ जित र ३ बराबरी संगै तालिकामा दोस्रो स्थानमा रहेको छ।

विश्वकप क्वालिफायर अन्तर्गतनै सोमबार पहिलो स्थानको ब्राजिल र दोस्रो अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ।

 

 

Leave a Reply

Next Post

रोनाल्डोको नाम गिनिज बुकमा

Fri Sep 3 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गिनीज बुकमा आफ्नो नाम लेखाएका छन्। शुक्रबार दिउसो सामाजिक सञ्जालमार्फत गिनीज बुकको सर्टिफिकेट हातमा लिएर उनले फोटो पोस्ट गर्दै आफ्नो नाम गिनिज बुकमा लेखिएको जानकारी दिएका हुन। किर्तिमान बारे लेख्दै ‘बिश्व किर्तिमान तोड्ने खेलाडीका रुपमा चिनिन पाउनु गर्व कुरो हो’ भन्दै उनले […]
%d bloggers like this: