हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रेलिगेसन संघारमा रहेको ब्रिगेड बोइजलाई ५–२ गोल अन्तरले हराउदै फ्रेन्ड्स क्लबले हाललाई रेलिगेसन संकट टारेको छ।
फ्रेन्ड्सको सानदार जितमा जमोल एन्थोनी पउल र सुशिल शाहले दुई-दुई गोल गर्दा श्यामबाबु क्याप्छकीले एक गोल गरेका थिए।
पहिलो हाफको १४औं मिनेटमा सुशिल शाहले फ्रिकिक मार्फत उत्कृस्ट गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाएका थिए।
तर फ्रेन्ड्सको अग्रता लामो समय टिक्न सकेन, २५औं मिनेटमा ड्याडी जुनियर वाम्वाले फ्रिकिकमै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
बराबरी भएको दुई मिनेट बित्न नपाउदै फ्रेन्ड्सलाई २७औं मिनेटमा श्यामबाबु क्याप्छकीले गोल गर्दै २–१ को अग्रता दिलाए।
पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा ३–१ को अगता दिलाए।
७६औं मिनेटमा जमोल एन्थोनीले व्यक्तिगत दोसे तथा टोलीका लागि चौथो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को स्थितिमा पुर्याएका थिए।
चौथो गोल गरेको केहि समय बित्न नपाउदै ७८औं मिनेटमा सुशिल शाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै फ्रेन्ड्सलाई ५–१ ले अघि बढाएका थिए।
खेलको अन्त्य तिर कप्तान अनिल गुरुङले ८६औं मिनेटमा पेनाल्टीमा गरेको गोल सान्त्वना साबित हुँदा, फ्रेन्ड्सले ५-२ को जित हात परेको थियो।
पहिलो जितसँगै पुछारमा रहेको फ्रेन्ड्सले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ।
१० खेलबाट ६ अंक जोडेर फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ।
हारसँगै समान ६ अंक नै रहेपनि बीबीसी १३औं तथा ५ अंक जोडेको च्यासल युथ क्लब पुछारमा पुगेको छ।