हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडसँग नयाँ दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार ब्रुनो र रेड डेभिल्स बिचको सम्झौता ओल्ड ट्राफोर्डमा कम्तिमा २०२६ सम्म रहनेछ।
पोर्चुगलका मिडफिल्डर फर्नान्डिस, जनवरी २०२० मा स्पोर्टिङ सीपीबाट युनाइटेडमा ४७ मिलियन पाउण्ड (€५५ मिलियन) आएका थिए।
विन्टर ट्रान्सफरमा सनसनी पूर्ण डेब्यु गरेका ब्रुनो, हाल युनाईटेडमा परिवर्तनकारी व्यक्तित्व भएका छन्।
२०२० फेब्रुअरीमा डेब्यु गरेदेखि फर्नान्डिसले युनाइटेडका लागि ११७ पटक खेलेका छन्। सबै प्रतियोगिताहरूमा ४९ गोल र ३९ एस्सिस्ट उनको नाममा रहेको छ।
यस अवधिमा पूर्व साम्पडोरिया स्टारको ८८ प्रत्यक्ष गोलमा संलग्नता रहेको छ। युरोपका शीर्ष पाँच लिगमा उनि भन्दा पाँच खेलाडीले मात्र उनि भन्दा राम्रो गरेका छन्।
वास्तवमा, फर्नान्डिस गोलको आधारमा युनाइटेडका खेलाडीहरूमा पहिलो स्थानमा छन् (३५)। उनी आएदेखि प्रिमियर लिगमा असिस्ट २५ एस्सिस्ट गरिसकेका छन्।
प्रिमियर लिगका खेलाडीहरूमा हाल ब्रुनो फर्नानडेस भन्दा अग्रपंक्तिमा लिभरपुलका मोहम्मद सलाह (८६ गोल संलग्नताहरू) रहेका छन्।
युनाइटेडमा आइपुगेदेखि फर्नान्डिसले सिर्जना गरेका ३०२ मौका एलिट लिगका कुनै पनि खेलाडीभन्दा बढी छन्, बायर्न म्युनिखका थोमस मुलर (२८६) पछि सूचीमा छन्।
वास्तबमै उनले म्यान्चेस्टरमा आफ्नो क्षमता र प्रतिभाले टोलीको सबैभन्दा महत्वपूर्ण खेलाडीको रुपमा स्थापित गराईसकेका छन्।
नयाँ सम्झौतामा उनको तलब भने अघिल्लो सम्झौतामा भन्दा उल्लेख्य वृद्धि भएको छ, उनले प्रति हप्ता २४०,००० पाउण्डको हाराहारीमा पाउने छन्।
सम्झौतामा हस्ताक्षर गरेपछि उनले सामाजिक सन्जालमा खुशी साटेका थिए।
“मलाई यहाँ हासिल गर्न चाहने धेरै कुराहरू छन्, र बाँकी टोली र स्टाफको लागि पनि त्यही हो,” उनले बताए।
“कुनै पनि कुरा भन्दा बढि, हामी फ्यानहरूलाई उनीहरूको योग्यताको सफलता दिन चाहन्छौं,”
“हामीले केही उत्कृष्ट क्षणहरू साझा गरेका छौं, तर मेरो र यो टोलीबाट उत्कृष्ट आउन बाँकी छ।” उनले थपे।
ओल्ड ट्राफोर्डमा नयाँ व्यवस्थापकीय स्थितिमा अनिश्चितता कायम छ। तर अर्को सिजनबाट आउने जो कोही नयाँ म्यानेजर्ले पनि फर्नान्डिस वरिपरि निर्माण गर्न सक्छन।