हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आईसिसि अन्डर नाइनटिन विश्वकप प्रतियोगिताको फाइनलमा शनिबार इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै भारत पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको छ।
इंग्ल्यान्डले दिएको १९० रनको लक्ष्य, ४७.४ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्दै भारतीय युवा टोलीले पाँचौ पटक विश्वकप आफ्नो नाममा गरेको हो।
टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको इंग्लिस टोलीको माथिल्लो क्रमको ब्याटिंग सस्तैमा समेटिदा, २ दशक पछि युवा टोलि च्याम्पियन बन्न बाट चुकेको थियो।
भारतको जितमा निशान्त सिन्धु ५४ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे । शेख राशिद ८४ बलमा ६ चौकासहित ५० रनमा आउट भए । हरनुर सिंह २१, कप्तान यश धुल १७ र राज बावा ३४ रनमा आउट भए ।
इंग्ल्यान्डका जोशुआ बोेयडेन, थोमस एस्पिनवाल र जेम्स सेल्सले २-२ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गर्दै इंग्ल्यान्ड यु २९ टोलि ४४.५ ओभरमा १८९ रन को सामान्य स्कोरमा अल आउट भएको थियो।
इंग्ल्यान्डका जेम्स रेवले १ सय १६ बलमा १२ चौकासहित ९५ रनमा आउट भए । जेम्स सेल्स ६५ बलमा २ चौकासहित ३४ रनमा अविजित रहे । ओपनर जर्ज थोमस ३० बलमा ४ चौका र १ छक्कासहित २७ रनमा आउट भए।
भारतका तीव्र गतिका बलर राज बावाले ९.५ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिंदा इंग्लिस टोलीको ब्याटिंग क्रम धर्मराएको थियो। १०० रन पनि स्कोर बोर्डमा नरहदै गर्दाको स्थितिमा इंग्ल्यान्डका ७ खेलाडी पेभेलियन फर्किसकेका थिए।
यसअघि भारतले सन् २००० मा मोहम्मद कैफ, २००८ मा विराट कोहली, २०१२मा उनमुक्त चन्द र २०१८ पृथ्वी शा को कप्तानीमा यू१९ विश्वकप उपाधि जितेको थियो।