भारत-इंग्ल्यान्ड | तिब्र गतिका बलर चमकदा पहिलो दिनमा भारतको एकोहोरो दबाब !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत र इङ्गल्यान्ड बिच सुरु भएको टेष्ट श्रृंखला अन्तर्गत, पहिलो खेलको पहिलो दिन समाप्तिमा भारतले उच्च लय समातेको छ।

ट्रेन्ट ब्रिज मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डको फैसलालाई भारतीय फास्ट बलरहरुले विफल पारिदिए पछि घरेलु टोलि संकटमा परेको हो ।

घरेलु मैदानमा इङ्ल्यान्डका लागि कप्तान जो रूट बाहेक अरु कुनैपनि ब्याट्सम्यान चल्न नसक्दा,पहिलो दिनमै इंग्लिश टोली अलआउट हुन पुगेका थियो।

इंग्लिश टोलीका लागि पहिलो दिन शुभ हुन सकेन। आफ्नो इनिङ भरिमा केवल एउटा मात्र राम्रो साझेदारी गरेको इङ्ल्यान्डका तर्फबाट, ओपनिङ र मध्यक्रममा कसैलेपनि सोचे अनुसारको खेल पस्किन सकेनन्।

इङ्ल्यान्डका लागि ओपन गर्न आएका रोरी बर्न ५ बल खेल्दै शून्य रनमा आउट हुन पुगेका थिए। उनीसँगै ब्याटिङ गर्न आएका अर्का ओपनर डोमिनिक सिलवे ले केवल १८ रनको योगदान दिए।

खेलमा टी सेसन सम्म पुग्दा १३८ रनमा केवल ३ विकेट गुमाएको इंग्लिश टोली तेस्रो सेसनमा भने पूर्णरूपमा धारासायी हुनपुगेको थियो।

कप्तान जौ रुट र मध्यक्रमका ब्याट्स्म्यान जोनी बेयरस्टोभ बिच ७२ रनको साझेदारी हुँदा इङ्ल्यान्ड केही सहज स्थितिमा देखिन्थ्यो। तर बेयरस्टोभ आउट भएपछि कप्तान जौ रुटलाई साथ दिन अन्य ब्याट्सम्यानहरु असक्षम हुँदा इङ्ल्यान्ड केवल १८३ रनमा समेटिन पुग्यो।

इंग्लिश टोलीका तर्फबाट जो रुट ले सर्बाधिक ६४ रन बनाउँदा ज्याक क्रलीले २७, जोनी बेयरस्टोभले २९ तथा साम कुरनले २७ रनको योगदान दिएका थिए। इंगलैंडले आफ्नो अन्तिम सात विकेट मात्र ४५ रन जोड्दा खेर फालेको थियो।

इङ्ल्यान्डको इनिंग ध्वस्त पार्ने क्रममा भारतीय फास्ट बलरहरुले निकै धारिलो बलिङ प्रस्तुत गरेका थिए।

न्युजिल्यान्ड विरुद्ध विश्व टेस्ट क्रिकेट क्रिकेट च्याम्पियनसिपको फाइनलमा राम्रो प्रदर्शन गर्न नसकेर आलोचित भएका जसप्रित बुमराले इंग्ल्याण्डविरुद्ध भने उत्कृष्ट बलिंग गरेका थिए।

इंग्ल्याण्डको तल्लो क्रमको ब्याटिंग क्रमलाई समाप्त पार्न उनको निकै ठूलो योगदान रह्यो। बुमराहले ४६ रन दिंदै ४ विकेट लिन सफल भएका थिए।

अर्का फास्ट बलर मोहम्मद शामी खेल भरिनै निकै तीक्ष्णता देखाएका थिए। इंग्ल्यान्डको मध्य क्रमलाई आफ्नो शिकार बनाउने क्रममा शामीले बेयरस्टोव,लरेन्स र सिब्ले लाई आउट बनाउदैं तीन विकेट लिन सफल भए।

बलिंग अलराउन्डर शार्दुल ठाकुर ले दुई विकेट लिए भने पहिलो पल्ट इंग्लिश भ्रमणमा निस्केका मोहमद सिराजले एक विकेट लिए।

आफ्नो पहिलो इनिंगको ब्याटिंगमा उत्रेको भारतिय टिमले कुनै विकेट नगुमाई पहिलो दिन खेल सक्किदा २१ रन जोडेको छ. क्रिजमा ओपनर द्वय रोहित शर्मा र के.एल राहुल ब्याटिंग गरिरहेका छन्।

विश्व टेस्ट क्रिकेटको नयाँ च्याम्पियनसिप अन्तर्गतको पहिलो सिरिज भारत र इंग्ल्यान्डको रहेको छ। जसमा भारतले टुर भरिमा ५ टेस्ट खेल्नेछ।

 

 

 

Leave a Reply

Next Post

अबको यात्रामा पारसको रोजाई क्यान ब्यबस्थापन, यस्ता छन् प्रमुख विकल्पहरु

Thu Aug 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मंगलबार विहान अप्रत्यासितरुपमा सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको घोषणा गर्दै पारस खड्काले नेपाली खेलकुद प्रेमिहरुका मनमा बिहानै तरङ्ग पैदा गरिदिएका थिए। ‘अब के गर्लान त? किन यति छिटो सन्यास? आगामी दिनका योजनाहरू के छन् त?’ सबैको मनमा बसेको यस कौतुहलतालाई केही विश्राम दिने क्रममा बुधबार दिउसो पूर्वकप्तान […]
%d bloggers like this: