हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। एन्फाले भारतसंगको शृंखला पक्का भएको केहि समय पछि नै भारतले शृंखला पक्का नभएको जनाएको छ।
दुइ राष्ट्रियबीच अगस्ट ३० देखि सुरुभइ सेप्टेम्बर ७ सम्म जाने गरि शृंखलाको घोषणा भएको थियो। उक्त समयमा भारत र नेपालले दुइ मैत्रीपुर्ण खेलमा सहभागिता जनाउने कुरा आएको थियो।
एआइएफएफ ( अल इन्डिया फुटबल फेडेरेशन ) ले १५ दिने बन्द प्रशिक्षण अगस्टबाट सुरुगर्ने जानकारी दिएको थियो।
एनफाले भारतद्वारा प्रस्तावित शृंखलामा हामीले सहमति जनाएको भन्दाभन्दै, भारतका प्रशिक्षकले भने भारतले नभई शृंखलाका लागि नेपालले प्रस्ताब गरेको भन्ने कुरा बाहिर आएको छ।
एक बिज्ञप्तिमार्फत भारतले, भारतीय खेलाडिलाइ नेपाल जानकुनै पनि क्वारेन्टाइन बन्देज नभएको कुरा पनि जनाएको थियो।
एआइएफएफले भनेअनुसार, भारतले अरु धेरै अफ्रिकीमुलुकहरु संग मैत्रीपुर्ण खेलका लागि प्रस्ताब गरेको तर क्वारेन्टाइन बन्देजले गर्दा कुराले अगाडि बढ्न नपाएको र त्यसकारण नेपालबिरुद्दको शृंखला सम्भब भएको हो।
एइएफएफले नेपालको फुटबल एसोसिएसनलाइ अफरको लागि धन्यबाद दिदै, उक्त अफरले अन्तिम डिसिजन पाउन बाकि रहेको कुरा खुलाएको छ।
भारतीय प्रशिक्षक अनुसार, भारतले अन्य देशमा पनि प्रस्ताब राखेको र अरु प्रस्ताबहरु सफल हुने आशामा नेपालका लागि अन्तिम निर्णय नदिएको कुरा जनाएका छन्।
यता एन्फाको भने फरक टिप्पणी रहेको छ। भारतले आफ्ना विभिन्न चर्चित मिडियाको मार्फतबाट शृंखला हुने पक्का नभएको जनाएको थियो र सोहि क्रममा उसले प्रस्ताब नेपालबाट आएको भन्ने कुरा पनि गरेको थियो। तर एन्फाले भने प्रस्ताब भारतबाट नै आएको भनिरहेको छ।