भारत र इंग्ल्यान्ड बिचको पहिलो टेस्ट म्याच बराबर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत र इंग्ल्याण्ड बिचको पहिलो टेस्ट म्याच बराबरीमा टुंगिएको छ।

नटिङघममा भएको उक्त खेलमा पाँचौं दिनमा लगातार पानी परेर खेल रद्द भएपछि टेस्ट बराबरीमा टुंगिएको हो।

इंग्ल्याण्डले भारतलाई जितेको लागि दोस्रो इनिङमा २०३ रनको चुनौति दिएको थियो। जवाफमा चौथो दिनमा लक्ष्य पछ्याउँदै उत्रेको भारतले एक विकेट गुमाएर ५२ रन जोड्न सफल भएको थियो।

खेलको अन्तिम दिनमा ९ विकेट बाँकी छँदा १५७ रन जोड्नु पर्ने स्थितिमा वर्षाका कारण भारतिय इनिङ्ग सुरु हुन नसक्दा दुवै टीमले नतिजा गुमाउन पुगेका थिए।

पहिलो इनिङमा इंग्ल्याण्डलाई घरेलु मैदानमा दबाबमा राख्ने क्रममा भारतीय तेज गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए।पहिलो इनिङमा इंग्ल्याण्ड केवल १८३ रनमा अलआउट हुन पुगेको थियो। इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा जसप्रीत बुमराह ले ४ तथा मोहमद शामी ले ३ विकेट लिन सफल भएका थिए।

भारतले आफ्नो पहिलो पारीमा २७८ रन बनाउँदै ९५ रनको अग्रता लिन सफल भएको थियो। ओपनर द्वय रोहित शर्मा र के एल राहुलले भारतलाई राम्रो सुरुवात दिलाउन सफल भएका थिए।

 

राहुलले २१४ बलको सामना गर्दै ८४ रन बनाए भने रोहित शर्माले ३६ रनको योगदान दिएका थिए। तर मध्यक्रममा भारत फेरी चुकेपछि इंग्ल्याण्डविरुद्ध आकर्षक रन बनाउने मौका भने भारतले पुनः गुमाएको थियो।

भारतले आफ्ना कप्तान विराट कोहली शून्य रनमा गुमाएको थियो भने चेतेश्वरले पुजाराले केवल ४ रनको योगदान दिए। यस्तै पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका रहाणे ले केवल ५ रन बनाउँदा निकै आश गरिएका विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तले २५ रन बनाए।

भारतीय तल्लो क्रमले भने ईनिङ्गको साख जोगाउन सफल भएका थिए। स्पिन अलराउन्डर रविन्द्र जडेजा ले ५६ रनको योगदान दिँदा १० नम्बरका ब्याट्सम्यान जस्प्रित बुम्रहले २८ रनको योगदान दिए।

इङ्ल्यान्डका लागि तेज गतिका बलर ओल्ली रबिन्सनले व्यक्तिगत ५ विकेट लिए भने अर्का दिग्गज बलर जेम्स एन्डरसनले ४ विकेट लिन सफल भएका थिए। ४ विकेट सँगै जेम्स एन्डरसन टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बलरहरु मा तेस्रो स्थानमा उक्लिन सफल भएका छन्।

खेलमा ९५ रन पछाडि रहेको इंग्ल्याण्डले दोस्रो इनिङमा ३०३ रन बनाउन सफल भएको थियो। दोस्रो इनिङलाई उकास्ने क्रममा कप्तान जो रुटले शतकीय पारी खेलेका थिए। उनले १७२ बलको सामना गर्दै १०९ रन प्रहार गरे।

त्यस्तै बलिङ अलराउन्डर श्यामको इरानले ३२ रन, जोनी वेरस्टोभ ले ३०, डोमिनिक सीलबे ले २८ तथा डानिएल लावरेन्स ले २५ रनको योगदान दिए।

दोस्रो इनिंगमा भारतकालागि तेज गतिका बलर जसप्रीत ढुंगाले पुनः एक पटक उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिन सफल भए। त्यस्तै मोहमद सिराज र शार्दुल ठाकुरले समान २-२ विकेट बाँडेका थिए।

इंग्ल्याण्डले ३०३ रन बनाए सँगै जीतका लागि २०९ रनको  विजयी लक्ष्य पाएको भारतले चौथो दिनको खेल समाप्तिमा १ विकेटको नोक्सानीमा ५२ रन बनाउन सफल भइसकेको थियो।

खेलको अन्तिम दिन खेल जित्नका लागि १५७ रन बनाउनु पर्ने समिकरण बन्दा भारत वर्षका कारण अभागी सावित हुन पुग्यो। लगातार वर्षा का कारण १ ओभर पनि हुन नपाई खेल रद्ध भएको थियो।

 

शतकीय पारी खेलेका इंग्लिश कप्तान जौ रुटलाई खेलको म्यान अफ द म्याच घोषित गरिएको थियो।

भारत र इङ्ल्यान्डको दोस्रो टेष्ट म्याच अगस्ट १२ मा लर्डस् मैदानमा सुरु हुँदैछ।

 

Leave a Reply

Next Post

युभेन्टसलाइ पराजित गर्दै बार्सिलोनालाइ जॉअन गेम्पर ट्रफी !!

Mon Aug 9 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। गएराति भएको खेलमा रोनाल्डो सम्मिलित युभेन्टसलाइ बार्सिलोनाले ३-० को गोलान्तरलाइ हराउदै गेम्पर उपाधीलाइ आफ्नो नाम गरेको थियो। बार्सिलोना र युभेन्टसको सुरुवाती ११ यसप्रकार थिए : ( बार्सिलोना ) : नेटो , डेस्ट, पिके, अरौजो , अल्बा, रोबर्टो, बस्केट्स, ग्रिज्मेन, डेमिर, दिपे, ब्रेथ्वाइट। युभेन्टस : रोनाल्डो , […]
%d bloggers like this: