भारत र वेस्ट इण्डिज विरुद्धको दोस्रो एकदिवसीय खेल आज

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत भ्रमणमा रहेको वेस्ट इण्डिज टोलीले एकदिवसीय शृंखला अन्तर्गत दोस्रो एकदिवसीय खेल आज दिउँसो अहमदाबादमा खेल्दैछ।

पहिलो एकदिवसीय खेलमा लज्जास्पद हार ब्यहोरेको वेस्ट इन्डिजले एकदिवसीय शृंखला बचाउन आजको खेल जित्नै पर्ने दबाब रहेको छ।

३ खेलको शृंखला रहेको यस एकदिवसीय सिरिजमा भारत १-० ले अगाडी रहेको छ।

एकदिवसीय शृंखला अन्तर्गत कै पहिलो खेलमा वेस्ट इन्डिजलाई भारतले नमिठो हार चखाएको थियो।

पहिलो खेलको कमजोरीलाई सुधार्दै वेस्ट इन्डियन टोलीलाई शृङ्खलामा फर्कने आज राम्रो अवसर रहेको छ।

ब्याटिङ इन्जिनलाई टर्बो चार्ज गर्न वेस्ट इन्डिजसँग आवश्यक ब्याटिङ फायरपावर छ – निकोलस पूरन, पोलार्ड, जेसन होल्डर र फाबियन एलेन ठुला शट खेल्ने खेलाडीहरु हुन।

तर माथिल्लो क्रमबाट उचिल साथ नमिल्दा वेस्ट इन्डियन टोलीले पहिलो खेलमा निकै संघर्ष गरेको थियो अर्थात क्यरिबियन टोलीलाई शीर्ष अर्डरबाट लन्चप्याड चाहिएको छ।

अर्को तर्फ घरेलु टोली भारत भने यस बीच, विशेष गरी आफ्ना बलरहरूको प्रयासबाट खुसी देखिन्छ। नयाँ बलमा मोहम्मद सिराजले तीव्र बलिङ गरे । उनका तेज सहकर्मी – प्रसिध कृष्ण – एक खतरा जस्तो देखिन्थे।

वाशिंगटन सुन्दरले पनि आफ्नो कौशल प्रदर्शन गरे जुन तुलनात्मक रूपमा नयाँ थियो जबकि युजवेन्द्र चहलले आफ्नो फ्लाइट र स्पिनका साथ एक पछि अर्को वेस्ट इन्डिज ब्याट्सम्यानलाई छक्क पार्दा वेस्ट इन्डियन टोलि केवल १७६ रनमा समेटिएको थियो।

भारतीय ब्याटिंग क्रमले पनि आफ्ना कप्तान तथा ओपनर रोहित शर्मासंग राम्रो सुरुवातको अपेक्षा राख्ने छ। पहिलो खेलको जस्तै इशान किशन विरुद्ध मिलेर राम्रो साझेदारी दिन सक्नेछन।

खासै राम्रो लय समात्न नसकेका स्टार ब्याट्सम्यान बिराट कोहलीलाई आज टोलीको माथिल्लो क्रममा राम्रो प्रदर्शन गर्दै शतकको खडेरी तोड्ने अर्को अवसर रहेनछ।

 

Leave a Reply

Next Post

मड्रिड र लुका मोड्रीच बीच सम्झौता नवीकरण अन्तिम चरणमा

Wed Feb 9 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिड र भेट्रान मिडफिल्डर लुका मोड्रिक एक अर्का सँग नयाँ सम्झौताको नजिक पुगेका छन्। जारी लिग सिजनमा शीर्ष स्थानमा रहेको रियल मड्रिडको इन्जिनका रुपमा रहेका लुका मोड्रीकले कम्तीमा पनि २०२३ को सिजन सम्म सम्झौता थप गर्ने बताइएको छ। रियल मड्रिडमा झण्डै एक दशकदेखि आफ्नो प्रभुत्व […]
%d bloggers like this: