भारत विरुद्धको एकदिवसिय सिरिज, दक्षिण अफ्रीकाद्वारा क्लिन स्विप

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ४ रनको रोमान्चक जित निकाल्दै दक्षिण अफ्रिकाले एक दिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको छ।

यस अघि टेस्ट शृंखला २-१ ले आफ्नो पक्षमा पारेको दक्षिण अफ्रिकी टोलीले लगातार दोस्रो सिरिज आफ्नो नाममा गरेको हो।

कप टाउनमा भएको खेलमा २८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.२ ओभरमा २८३ रनमा समेटिएको थियो।

भारतका लागि पूर्व कप्तान विराट कोहलीले ८४ बलमा ५ चौकासहित सर्वाधिक ६५ रन बनाए।

त्यसैगरि ओपनर शिखर धवन ७३ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा पेभेलियन फर्केका थिए।

माथिल्लो क्रमका ब्याट्सम्यान आउट भएपछि भारतको मध्यक्रमको कमजोरी पुनः एकपटक दोहोरिएको थियो।

तर तल्लोक्रममा ब्याटिंग गर्न आएका दीपक चाहरले ३४ बलमा ५ चौका र २ छक्कासहित ५४ रन जोड्दा भारत जित तर्फ अग्रसर देखिएको थियो।

दक्षिण अफ्रिका तर्फबाट बलर एन्डिले फेहलुक्वायोले ७ ओभरमा ४० रन खर्चेर सर्बाधिक ३ विकेट लिए। लुन्गी एनगिडीले ३ विकेट, ड्वेन प्रेटिरियसले २, सिसान्डा मगला र केशव महाराजले १–१ विकेट लिए ।

त्यसअघि केप टाउनमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ४९.५ ओभरमा सबै विकेट गुमाउदा २८७ रन बनाएको थियो।

दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डि ककले १३० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक १२४ रन बनाएका थिए।

रास्सी भान डर डुसेनले ५२ रन बनाउदा डेभिड मिलरले ३९ रन जोडेका थिए।

भारतका प्रसिद्ध कृष्णाले ९.५ ओभरमा ५९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दीपक चाहर र जस्प्रित बुमराहले २–२ विकेट लिए । स्पिनर युजभेन्द्र चहलले १ विकेट लिएका थिए।

शतकीय पारी खेलेका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी कक खेलको म्यान अफ दि म्याच संगै प्रतियोगताका उत्कृस्ट खेलाडी बनेका थिए।

Leave a Reply

Next Post

जाभीले पुरा गर्दैछन वाचा, बार्सिलोना शिर्ष ४ नजिक

Mon Jan 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस महारथी बार्सिलोनाले आइतवार राति अलाभेस विरुद्ध सिजनको सम्भवत सबैभन्दा खराब प्रदर्शन गरेता पनि ३ अंक भने बटुल्न सफल भएको छ। तर खेल जस्तो भएपनि क्याटलन टोलीले निकालेको ३ अंकले उसलाई च्याम्पियन्स लिग अभियानमा आफ्नो निरन्तरता दिन निकै समिपमा पुर्याएको छ। जाभीले शिर्ष ४ मा बार्सिलोनालाई […]
%d bloggers like this: