भारत विरुद्ध न्युजिल्यान्डको शानदार जित!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आईतबार बेलुकी भएको दोस्रो खेलमा भारत न्युजिल्यान्ड संग पराजित भएको छ।

पहिलो खेलमा पाकिस्तान बिरुद्ध १० विकेटले हार बेहोरेको भारतको समुह चरणमा लगातार दोस्रो पराजय रहेको छ।

न्यूजील्याण्ड विरुद्ध ८ विकेटले पराजय भोगेको भारतिय टोलीको ब्याटिङ निकै खराब रहन पुग्यो।

भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्यूजील्याण्डले १४.३ ओभरमा केवल २ विकेटको नोक्सानीमा पुरा गरेको थियो।

किवी टोलीलाई जित दिलाउने क्रममा ओपनिङ ब्याट्सम्यान मार्टिन गप्तिलले २० रन जोडेका थिए।

अर्का ओपनर ड्यारील मिचेलले कप्तान विलियमसन सँग दोश्रो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई जित तर्फ डोहोर्याएका थिए।

मिचेलले ३५ बलमा ४९ रनको आकर्षक पारी खेलेका थिए। कप्तान विलियमसनले अविजित ३३ रन बनाए भने देवोन कोनवेले २ रन जोड्न सफल भए।

भारतका तर्फबाट स्टार बलर जस्प्रित बुम्राले ४ ओभरमा १९ रन दिएर २ विकेट लिँदा अन्य बलरहरु विकेट विहिन बनेका थिए।

भारतीय ब्याटिङ भने आज निन्दनीय रहेको थियो। टोलीमा हार्दिक पण्ड्या र रविन्द्र जडेजा बाहेक अरू कुनै ब्याटम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन्। हार्दिकले २३ रन बनाए भने जाडेजाले सर्बाधिक २६ रन प्रहार गरे।

भारतलाई पुनः एकपटक माथिल्लो क्रमको ब्याटिङले धोका दिएको थियो। ओपनर ईशान किसन ४ रनमा आउट हुँदा के एल राहुलले १८ रनमा आफ्नो विकेट गुमाए। कप्तान कोहलीले केवल ७ रन जोड्दा अर्का भरपर्दा खेलाडी रोहित शर्माले केवल १४ रन बनाए।

खुलेर ब्याटिङ गर्ने कुनै मौका नपाएको भारत निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदा केवल ११० रनमा सीमित हुन पुगेको थियो।

भारतलाई सस्तैमा रोक्ने क्रममा किवी बलरहरुले धारिलो बलिङ गरेका थिए। निकै सटीक लाईन र गतिमा देखिएका अनुभवी पेस बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन दिँदै सर्बाधिक ३ विकेट लिए भने ईश शोधीले ४ ओभरमा केवल १७ रन दिँदै २ विकेट आफ्नो नाममा गरे। टिम साउथी र एडम मिल्नले एक एक विकेट लिन सफल भए।

हार सँगै भारतको सेमीफाइनल पुग्ने सम्भावना निकै कमजोर देखिएको छ।

 

Leave a Reply

Next Post

"१८ वर्ष फुटबल खेलेको छु, आलोचना मलाई केहि लाग्दैन" - क्रिस्टियानो रोनाल्डो

Mon Nov 1 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले १८ वर्षभन्दा बढी समय खेल्दै आएकाले क्लबको आलोचनाले आफूलाई दुःख नदिएको बताएका छन्। प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले टोटनह्याम हटस्परलाई ३–० ले हराएपछि रोनाल्डोको टिप्पणी आएको हो। शनिबार टोटनह्याम हटस्पर स्टेडियममा भएको खेलमा युनाइटेडले स्पर्सलाई ३–० ले पराजित गर्दै प्रिमियर लिगको […]
%d bloggers like this: