भिनिसियसका प्रेरणा रोनाल्डो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडमा बेन्जेमा सँगै यस सिजन महत्वपूर्ण बनेका अर्का खेलाडी हुन् ब्राजिलियन भिनिसियस

एकसमय उनलाई रियल मड्रिडका पूर्व स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको उत्तराधिकारीको रुपमा लिईएको थियो।

असीमित क्षमताका कारण स्टार खेलाडी रोनाल्डोसँग तुलना भएता पनि आफ्नो प्रतिभालाई खुलेर प्रस्फुटन गर्न नसकेका जूनियर, यस सिजन भन्ने एकाएक विष्फोटक फर्ममा देखिएका छन्।

बेन्जेमा र भिनीसियसको जोडीले रियल मड्रिडलाई कीर्तिमानी ३४ औं उपाधिनजिक पुर्याई सकेको छ

रियलको अहिलेको टोलीमा उनले आँफुलाई टोलीको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गराईसकेका छन्।

रियल मड्रिडका लागि यस सिजन ४२ खेल खेल्दा १७ गोल र १६ सहायता गरिसकेका भिनीको तथ्यांकले नै उनको सिजनको बारे प्रष्ट पार्दछ 

उनले आफ्नो आदर्शका रूपमा भने क्रिष्टियानो रोनाल्डोलाई मान्ने गरेका छन्

 उनको लक्ष्य पनि क्रिस्टियानो रोनाल्डोकै छेउछाउमा पुग्नु रहेको उनले बताउने गरेका छन् 

यो २१ वर्षको उमेरबाट आउनु अचम्मको कुरा होइन। विश्वकै महान खेलाडी मानिने क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीले अनगिन्ती फुटबलरलाई प्रेरणा दिएको छन।

मार्कस रासफोर्डदेखि लिएर जाडोन सान्चो, किलियन एमबाप्पेसम्म, यस पुस्ताका धेरै युवा खेलाडीहरूले पोर्चुगिज लिजेन्डलाई आफ्नो आदर्श पात्रको रूपमा हेरेका छन्।

आफू सानो छदा आफ्नो कोठाभरि उनकै मात्र पोस्टर राख्ने गरेको र हरेक दिन एउटै मात्र लक्ष्य उनी जस्तै बन्ने सपना देखेका भिनिसियस अहिले उक्त सपनालाई मूर्तरुप दिन लागिपरेका छन्। 

रोनाल्डोकै पाइला पछ्याएका भिनीमा उनकै जस्तो शिर्ष मानसिकता विकास भएको संकेत देखाएका छन। तर बाटो निकै लामो छ।

ब्राजिलियन विंगरले अहिलेसम्म फलदायी मौसमको मजा लिइरहेको छन, उसले स्यान्टियागो बर्नाबेउमा कठिन चरणहरूको सामना गर्न अझै बाँकि छ।

उनले दबाबको सामना गर्नै बाँकी छ। बर्नाबेउमा राम्रो प्रदर्शन गर्न नसकेमा उनीहरु लागि गरेको सबै कुरा सजिलै बिर्सिन्छन्, जुन बेला बखत क्रिस्टियानो रोनाल्डो आफैले अनुभव गरेका थिए।

 

Leave a Reply

Next Post

निकायको लगानी शुन्य, अरबौंको गाली भने खेलाडीलाई

Mon Apr 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडी अधिकांश समय सहभागिताका लागि मात्र पुग्ने गरेका छन्। त्यो चाहे कराते होस या एथलेटिक्स, बास्केटबल, फुटबल या अन्य कुनै खेलकुद गतिविधि। एकआध कुराले सफलता दिएपनि खेलकुदका अन्य विधामा भने नेपालको नाम सहभागितामा मात्र सीमित रहेको छ। सहभागिता, त्यसलाई थिच्ने फितलो तयारी र अझ […]
%d bloggers like this: