भिनिसियस र बेन्जेमाको गोलमा, रियल मड्रिडले गर्यो उत्कृष्ट कम्ब्याक !

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। लालिगा अन्तर्गत गएराती भएको खेलमा भिनिसियस जुनियर र करिम बेन्जेमाले उत्कृष्ट गोल गर्दै, रियल मड्रिडलाइ भ्यालेन्सिया बिरुद्द बिजयी पारेका थिए।

घरेलु टोलि भ्यालिएन्सियका लागि ६६औ मिनेटमा डुरोले गोल गर्दै अग्रता दिलाएका थिए। उक्त अग्रता संगै दबाब सिर्जना गरेको भ्यालेन्सियाले खेलको अन्तिम समयसम्म पनि राम्रो डिफ़ेन्सिब काम गरेको थियो।

खेलको ८६औ मिनेटमा करिम बेन्जेमाको एसिस्टमा गोल गर्दै भिनिसियस जुनियरले खेललाइ बराबरीको मोडमा ल्याएका थिए। ८६ औ मिनेटमा बराबरीको मोडमा रहेको खेलमा, दुइ मिनेट पश्चात नै जुनियरको एसिस्ट्मा गोल गर्दै करिम बेन्जेमाले मड्रिडलाइ अग्रता दिलाए।

तेस्रो स्थानमा रहेको रियल मड्रिड जित संगै, पहिलो स्थानमा उकलिएको छ भने दोस्रो स्थानमा रहेको भ्यालेन्सिया तेस्रो स्थानमा झरेको छ।

अन्तिमको दुइ मिनेटमा दुइ गोल हुदा, रियल मड्रिडले महत्वपूर्ण तिन अंक बटुलेको हो। ६६ औ मिनेटमा अग्रता लिसकेपछी खेल भ्यालेन्सियाकै पक्षमा निश्चित हुने जस्तो देखिएको थियो ।

तर ८६ र ८८ औ मिनेटमा भएको जुनियर र बेन्जेमाको साझेदारीले रियल मड्रिडलाइ सफलता मिल्न पुग्यो। मड्रिड विंगर जुनियरले बेन्जेमाका लागि उत्कृष्ट मौका सिर्जना गरिदिएका थिए, जसलाई हेडिङ्ग गोल गर्दै बेन्जेमाले जित निश्चित गरिदिए।

यस सिजनमा बेन्जेमा निकैनै उत्कृष्ट देखिएका छन। उनले पाच खेलमा ६ गोल र पाच एसिस्ट दिएका छन्। ३३ बर्षीय फ्रेन्च स्ट्राइकर करिमाले यस सिजन लाई एक सफल सिजन बनाउने लक्ष्य लिएका छन्।

Leave a Reply

Next Post

शानदार जित निकाल्दै चेल्सी शिर्ष स्थानमा!

Mon Sep 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टोटनह्याम विरुद्धको खेलमा जित हासिल गरे सँगै चेल्सी प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लेको छ। टोटनह्याम हटस्पर स्टेडियममा गएराति सम्पन्न खेलमा टोटनह्यामले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा मिडफिल्डर एँगोलो काण्टेले महत्वपूर्ण योगदान दिए। निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको […]
%d bloggers like this: