भिल्लारियल विरुद्ध बार्सिलोनाको उत्कृस्ट जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३-१ ले पराजित गरेको छ।

लिगमा १४औ चरणको खेलमा छैठौं जित निकाल्ने क्रममा बार्सिलोनाले राम्रो प्रस्तुति दिएको थियो।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले गोल गरे।

पहिलो हाफमा पाएका राम्रो मौका दुवै टोलीले खेर फ्यालेका थिए। पहिलो हाफको तेस्रो मिनेटमै भिल्लारियलका किपरले कर्नरमा बार्सिलोनाको मौकालाई उत्कृस्ट बचाव गर्दै टोलीलाई पछि पर्न बाट जोगाएका थिए।

खेलको पहिलो हाफम गोल रहित बराबरीमा रोकिए पनि चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

४८औं मिनेटमा मिडफिल्डर फ्रांकी डी जोंगले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ७६औं मिनेटमा स्यामइल चुकविइजीले एर्नाउट डानजुमाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

८८औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा वैकल्पिक खेलाडी फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

जितपछि बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ। बार्सिलोना शीर्षस्थानमा रहेको एक खेल कम खेलेको रियल म्याड्रिडसँग ६ अंकले पछि छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ।

पुर्ब खेलाडी जाभिलाई प्रशिक्षक नियुक्त गरेपछि बार्सिलोनाले अहिले पुरानै शैलीको खेल देखाउन सुरु गरेको छ। ब्यबस्थापन सम्हाले पछि जाभिले अहिले सम्म हार देखेका छैनन्।

बार्सिलोनाले अर्को खेल घरेलु मैदान नोउ क्याम्पमा डिसेम्बर ४ मा रियल बेटिस विरुद्ध खेल्दैछ।

 

Leave a Reply

Next Post

"रोनाल्डोको महत्वाकांक्षा, मेस्सी भन्दा धेरै बालोन डी'ओर जितेर सन्यास लिने"

Sun Nov 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बालोन डी’ओर दिने प्रकाशन फ्रान्स फुटबलका प्रधान सम्पादक पी एसकल फेरेले क्रिस्टियानो रोनाल्डोको बारेमा केहि टिप्पणी गरेका छन्। उनका अनुसार क्रिस्टियानो रोनाल्डोले उनको एकमात्र उद्देश्य लियोनेल मेस्सी भन्दा बढी बालोन डी’ओर अवार्ड जित्नु रहेको छ। हाल म्यानचेस्टर युनाईटेडका सुपरस्टार खेलाडी तथा पाँच पटकका बिजेता रोनाल्डोले मेस्सी […]
%d bloggers like this: