हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ।
नेपालका लेग स्पिनर सन्दिप लामिछाने टि-२० ब्लास्टमा अनुबन्धित भएका थिए। मे महिनाको अन्तिम सातामा इंग्ल्यान्ड पुग्न पर्ने सन्दिप भिसाको समस्याका कारण समयमा बेलायत पुग्न पाएनन।
सन्दीपको भिसा भी एफ एस भिसा एण्ड कन्सल्टिंग कम्पनिले मिलाउनु पर्ने थियो। १० दिन अगाडी आउनु पर्ने भिसा हिजो ( शुक्रबार ) मात्रै आएको हो र यसै कारणले सन्दिपले बेलायतमा जुन ९ बाट सुरु हुने टि-२० ब्लास्ट गुमाएका छन्। प्रतियोगिताको मापदण्ड अनुसार, खेलाडीले कम्प्तिमा १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने हो र सन्दिपले अबको यात्रा तय गर्दा निकै खेलहरु गुमाउने भएकाले सन्दिपलाइ वर्केस्टेर्शायरले रिलिज गरेको हो।
सन्दिपका सल्लाहकार रमण सिवाकोटी अनुसार ” भोलि वा पर्सि नै सन्दीप बेलायतमा प्रस्थान गर्दा पनि त्यहाँ दश दिनको क्वारेन्टिनमा बस्नुपर्छ, त्यो वेलासम्म टी–२० ब्लास्टमा उनी आबद्ध टोलीले चार वा पाँच खेल खेलिसक्नेछ। ”
भिसाको डिले भए पछि सन्दिपले आफ्ना सामाजिक संजालहरु बाट धेरै अपिल गर्दा पनि समयमा काम नसकिदा उनले प्रतियोगिता नै गुमाउन पुगे।
यद्धपि नया शैलीको क्रिकेट भनिने “द हन्ड्रेड” मा एक करोड ४७ लाख रुपैयामा अनुबन्धित सन्दीप् चाडै जाने छन्। सो प्रतियोगिता जुलाई २६ बाट सुरु भै अगस्ट १८ मा सकिने छ। टि-२० ब्लास्टमा सहभागिता जनाउन नपाए पनि सन्दीपले “द हन्ड्रेडमा ” भने पक्कै पनि सहभागिता जनाउने छन्।
उनका सल्लाहकार अनुसार, भिसा ढिला भए पनि प्राप्त भए पछि, ब्लास्टका फ़्रेञ्चाइजलाइ अनुरोध गरेता पनि समाधान आउने सकेन।
सन्दीपले महामारीको बेलामा हामी खेलाडीले मनोरंजन दिने प्रयास गर्छौ भन्दै आफुलाई भिसाको अफ्ठ्यारो परेको र कुनै पनि किसिमको सहयोगको सम्मान गर्ने छु भन्दै ट्वीटर मार्फत भनेका थिए । उनको अपिलको १० दिन पश्चात मात्र, भिसा उपलब्ध गराइयो।