हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। नेपालको बाटोमा रहेका अवसरहरु :
विश्वकप २०२२ तथा एसिया कप २०२३ का निमित्त जुन ३ बाट सुरुहुने छनोट प्रतियोगिताको दोस्रो चरण अन्तर्गत जून ३ – बिहिबार नेपालले चाइनिज ताइपाइको सामना गर्ने छ । अब्दुल्ला अल्मुइतैरिको प्रशिक्छित नेपाली टोलिले केहि दिन अघि इराकबिरुद्द मैत्रीपुर्ण खेल खेलेको थियो र जसमा इराकले नेपाललाई ६-२ को गोलान्तरले हराएको थियो।
नेपालको घरेलु मैदान दसरथ रंगशालामा हुने भनिएको यस चरण कोरोनाको कारणले न्युट्रल भेन्यु अर्थात कुवेतमा खेलाउने निर्णय फिफाले गरेको हो। नेपालले यस चरणको पहिलो खेलको रुपमा जून ३ तारिक : जेठ २० गते बेलुकी १०:१५ बजे चाइनिज ताइपाइ बिरुद्द खेल्ने छ। सो खेलको प्रत्यक्ष्य प्रसारण भने कान्तिपुर टि भीले गर्ने छ।
त्यस पश्चात जेठ २४ गते, नेपालले जोर्डनको सामना गर्ने छ भने सोहि महिनाको २८ गते अस्ट्रेलियाको सामना गर्ने छ। नेपालले यसअघि पाच अवेया खेल खेल्दै एक जित निकालेको छ भने चार हार बेहोरेको छ।



विश्वकप छनोटको सम्भावना न्युननै भएतापनि नेपालले एसिया कपमा आफुलाई छनोट गराउने मौका भने जिवितै राखेको छ।
नेपालले चाइनिज ताइपाइलाइ हराउन किन जरुरि ?
अहिलेको अंक तालिकाको अवस्था हेर्दा नेपाल चौथौ स्थानमा रहेको छ र नेपालले चाइनिज ताइपाइलाइ हराउने सके चौथौ स्थानमा कब्जा गर्ने छ। सो स्थान पाएसंगै नेपालले अर्को चरणमा प्रतिस्पर्धा गर्ने छ, सो समुहबाट बिजेता अथवा उपविजेता भएको अवस्थामा नेपाल एसिया कप २०२३ मा छनोट हुने छ।
नेपालले चाइनिज ताइपाइलाइ ०-२ गोलान्तरले हरेको थियो भने अस्ट्रेलिया बिरुद्द ५-० , कुवेत बिरुद्द ७-०,१-०, जोर्डन बिरुद्द ३-० को हार बेहोरेको छ।
आशा गरौ नया जोश देखाएको नेपाली टोलिले केहि सकारात्मक नतिजा लिएर स्वदेश फर्किने छ।