हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ । नेपालले भोलि सोमबार बेलुकी ९:४५ बजे जोर्डनको सामना गर्ने छ।
नेपालले आफ्नो समूहका ६ वटा खेल खेलिसकेको छ र अब दुइ खेल खेल्न बाकी रहेको छ। ६ खेल मध्ये दुइ खेलमा चाइनिज ताइपाइलाइ पराजित गरेको नेपालले ४ वटा खेलमा निराशाजनक हार बेहोरेको थियो।
नेपालले अबको दुइ खेलमा, जुन ७ तारिकमा जोर्डनको सामना गर्ने छ भने अर्को खेलमा अस्ट्रेलियाको सामना गर्ने छ। विश्वकप छनोटको समूहमा चौथौ स्थानमा रहेको नेपालको विश्वकप छनोटमा पुग्ने आशा न्यून रहे पनि एसियन कप २०२३ मा छनोट हुने मौका भने जिवितै छ।
जोर्डनबिरुद्द नेपालका पछिल्ला खेलहरुको नतिजा कस्तो थियो त ?
नेपाल र जोर्डन अहिलेसम्म तिन पटक आमने सामने आएका छन्। २०११ को जुलाईमा भएको पहिलो राउण्डको खेलमा जोर्डनले नेपाललाइ ९-० को बिशाल गोलान्तरले पराजित गरेको थियो। त्यसकै एक साता पछि नेपाली भुमिमा खेलिएको खेलमा नेपालले १-१ को बराबरी गरेको थियो।
त्यसपछि २०२२ को विश्वकप छनोट अन्तर्गतको पहिलो राउण्डमा नेपालले जोर्डनको घरेलु स्थानमा जोर्डनको सामना गरेको थियो। उक्त खेलमा नेपाल ३-० गोलान्तरले पराजित भएको थियो।
कोरोनका कारण नेपालमा हुने भनिएको खेल कुवेत सारियो त्यसैले कुवेतकै मैदानमा नेपालले आफ्ना सबै खेल खेल्ने भएको हो। उही शिलसिलामा नेपालले चाइनिज ताइपेइलाइ पराजित गरिसकेको छ भने अब दोस्रो जितको पर्खाइमा छ।
नेपालले २ खेल जितेर प्राप्त गरेको ४ अंक चाहि किन मान्य नहुने ?
जोर्डनलाइ जित्दा नेपालको मौका बढ्छ त ?
जोर्डनलाइ न्युनतम अन्तरले हराएको खण्डमा :
१) नेपालको ९ अंक पुग्ने छ ( विश्वकप छनोटको तालिकामा ) भने ३ अंक हुनेछ ( एसियन कप छनोटको तालिकामा )
२) अन्तिम खेलमा अस्ट्रेलिया बिरुद्द जितेको खण्डमा, विश्वकप छनोटको अर्को राउण्ड जाने सम्भावना र एसिया कपमा सिधै छनोट हुने सम्भावना।
३) अन्तिम खेलमा अस्ट्रेलिया बिरुद्द बराबरी गरेको खण्डमा, एसियन कप छनोटको तेस्रो राउण्डमा सिधै प्रवेश गर्ने।
४) अन्तिम खेलमा अस्ट्रेलिया बिरुद्द हार बेहोरेको खण्डमा सबै बाटोहरु बन्द भै, एसियन कप छनोटको तेस्रो राउण्ड प्रवेश गर्नलाई प्ले अफमा प्रतिस्पर्धा गर्दै शिर्ष आठ टोलिमा पर्नु पर्ने आवशयकता।
( ***जोर्डनलाइ मात्र जितेको खण्डमा : एसियन कप छनोटको अंकतालिकामा चौथौ र त्यो भन्दा मुनि भएका टोलिहरुको नतिजामा पनि निर्भर हुने : यदि चौथौ वा त्यो भन्दा मुनिका सबै टोलिले अबका सबै खेल हारेको खण्डमा नेपाल ३ अंक सहित तेस्रो राउण्ड प्रवेश गर्ने छ। )
**जोर्डन र अस्ट्रेलिया बिरुद्दको खेल हारे : सबै बाटोहरु बन्द भै, एसियन कप छनोटको तेस्रो राउण्ड प्रवेश गर्नलाई प्ले अफमा प्रतिस्पर्धा गर्दै शिर्ष आठ टोलिमा पर्नु पर्ने आवशयकता !
नेपाल बिरुद्द जोर्डन :
खेल हुने समय : बेलुकी ९:४५ नेपाली समय, जेठ २४ गते
च्यानल : कान्तिपुर टेलिभिजन