भोलि पपुवा न्युगिनीको सामना गर्दै नेपाल, कस्तो छ त पछिल्लो तथ्यांक?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीमा ओमनमा रहेको नेपाली राष्ट्रिय टोलीले भोलि पपुवा न्युगिनीविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दैछ।

आसन्न विश्वक्रिकेट लिगको तयारीस्वरुप नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ।

नेपाल र पपुवा न्युगिनी विश्वक्रिकेट लिग डिविजन २ को एकै समूहमा रहेका छन्।

खेलेको आठै खेलमा हार बेहोरेको पपुवान्युगिनी तालिकाको पुछारमा रहेको छ भने नेपाल चार खेलमा दुई जित र दुई हार सहित तालिकाको छैटौं स्थानमा रहेको छ।

भोलि हुनगईरहेको खेल ओमान स्थित अल अमिरत क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुँदैछ।

नेपाल र पिएनजी यस अघि आपसमा पाँचपटक आमने सामने भई सकेका छन्। जसमध्ये नेपालले ३ मा जित हासिल गरेको छ भने ओमानले दुई खेल जितेको छ।

नेपाल र पपुवा न्युगिनी पछिल्लो पटक २०१८को विश्वकप छनौटमा भिडेका थिए। नेपालले उक्त खेलमा ओमन विरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।

नेपालले पपुवा न्युगिनीविरुद्ध दुई हार ४ वर्ष अघि २०१७ मा सम्पन्न विश्व क्रिकेट लिगमा बेहोरेको छ। संयुक्त अरब एमिरेट्स को अबुधाबी मा भएका उक्त दुई खेलमा नेपालले ओमान विरुद्ध हार बेहोरेको हो।

यसपालि आफ्नो ओमान भ्रमणलाई उत्कृष्ट प्रदर्शन गर्ने माध्यम बनाउँदै भोलिको एकदिवसीय खेलमा नेपाली टोली मैदानमा उत्रने देखिन्छ।

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत ओमान भ्रमणमा नेपालले अमेरिका र ओमान विरुद्ध त्रिकोणात्मक शृङ्खला खेल्ने कार्यक्रम रहेको छ।

भारतमा सन् २०२३मा हुने विश्वकपमा सहभागिता जनाउनका लागि क्रिकेट लिगमा शीर्षक चार भित्र पर्दै विश्वकप छनौटमा पर्ने उद्देश्यका साथ नेपाली टोली ओमान निस्किएको हो।

पपुवा न्युगिनीले आजै खेलेको अमेरिका विरुद्धको मैत्रीपुर्ण खेलमा भने ७ विकेटको पराजय भोगेको छ।

 

Leave a Reply

Next Post

पिएनजी र नेपाल बिचको खेल जारी, नेपालको दबदबा कायमै

Tue Sep 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र पपुवान्युगिनी बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल अहिले जारी छ। टस हारेर पहिले बलिङ गरिरेको नेपालले बलियो सुरुवात गरेको छ। यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले २० ओभरमा ५ विकेट गुमाउँदै केवल ८७ रन जोड्न सफल भएको छ। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै गरेका […]
%d bloggers like this: