मच्छिन्द्र लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सातदोबाटो युथ क्लबलाई १-० ले हराउदै डिफेन्डिंग च्याम्पियन मछिन्द्र फुटबल क्लब, यस वर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ।

लगातार दोस्रो लिग उपाधि जित्ने क्रममा मछिन्द्रले दुई खेल बाँकी छँदै लिग आफ्नो पक्षमा पारेको छ।

पहिलो खेलमा न्यु रोड टिम विरुद्ध गोल खाएको मच्छिन्द्रले त्यस यता हरेक खेलमा क्लिन सिट राख्दै लिग उपाधि जित्न सफल भएको हो।

जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ। मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ।

अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लब विरुद्ध प्रतिस्पर्धा गर्ने छ।

नव प्रवेशी सातदोबाटो विरुद्ध राम्रो खेल प्रस्तुत गर्न नसकेको च्याम्पियन मछिन्द्रका लागि अजेरबैजनका खेलाडी नुर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले ५३औं मिनेटमा गोल गरेका थिए।

सातदोबाटो भने नतिजा पश्चात छैठौं स्थानमा यथावत रहेको छ।

Leave a Reply

Next Post

आन्द्रेस इनेस्टा पुनः बार्सिलोना फर्कन इच्छुक

Wed Feb 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका लिजेण्ड आन्द्रेस इनिएस्टाले आफू केही क्षमतामा पुनः क्याम्प नोउ फर्कन चाहेको खुलासा गरेका छन् । स्पेनिस मिडफिल्डरले यसअघि २०१७ मा बार्सिलोनासँग आजीवन सम्झौता गरेका थिए तर केहि महिना पछि २०१८ मा क्लब छोडेर जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए। पूर्व मिडफिल्ड साझेदार जाभी मुख्य […]
%d bloggers like this: