मछिन्द्रको उदय, लिग च्याम्पियन संगै महादेशीय कप छनौट

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु लिगमा मछिन्द्र क्लबको पछिल्लो केहि सिजना यताको लोभलाग्दो सफलताले सबै प्रसंशकहरुको मन जित्न सफल भएको छ।

घरेलु लिगमा हालको डिफेन्डिंग च्याम्पियन मछिन्द्रले यसै साता क्लब एएफसि कपमा छनौट हुँदै क्लब इतिहासमा अर्को सफलता हात परेको छ।

कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरणको खेलमा आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मछिन्द्रले एएफसी कप छनोटको यात्रा पक्का गरेको हो।

छैटौं चरणमा मनाङलाई १–० ले हराएपछि मछिन्द्रको एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता पहिलो पटक खेल्ने सम्भावना बलियो भएको थियो । यद्दपी मछिन्द्र यसअघि २०७६ को लिग च्याम्पियन बन्दै एएफसी कपको लागि छनोट भएको थियो ।

तर, एएफसी क्लब लाइसेन्स प्राप्त नगरेका कारण टोलीले त्यति बेला देशको प्रतिनिधित्व गर्ने अवसर गुमाएको थियो । मछिन्द्रको सट्टा त्यति बेला दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप छनोट खेल्ने मौका पाएको थियो ।

लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावलाई एसियाली फुटबल महासंघ (एएफसी) ले स्वीकार गरेको थियो ।

त्यसैले लिगको १३ मध्ये सातौं चरणको माथिल्लो टोलीले एएफसी कप छनोट खेल्नेछ। सोहि निर्णय र लिग अवस्थाका आधारमा मछिन्द्रले एसियाली स्तरमा प्रतिस्पर्धा गर्ने भएको हो।

अबको एसियाली चरणका लागि थप बलियो हुनुपर्ने धारणा ब्यक्त गर्दै क्लबका प्रशिक्षक प्रवेश कटुवालले नयाँ बिदेशी खेलाडी थप्ने संकेत देखाएका छन्।

‘एएफसी कपका लागि विदेशी खेलाडी थप्छौं । बलियो बनाएर जान्छौं । त्यसमा नेपाली खेलाडीको संयोजन गरेर जान्छौं’, कटुवालले छनोटपछि भने, ‘अन्य क्लबबाट नेपाली खेलाडी आबद्ध गर्ने भने योजना छैन ।’

कटुवालले दबाबका बीच पनि सफलता निकाल्न सकेकोमा खुसी व्यक्त गरे । ‘दबाबको खेल थियो । केहि खेलाडी घाइते र केहि प्रतिबन्धमा भएकाले हामीलाई गाह्रो थियो’, उनले भने, ‘जित्यौं खुसी र सन्तुष्ट छौं ।’

Leave a Reply

Next Post

लुकाकु अझै पनि चेल्सीको महत्वपूर्ण खेलाडी

Mon Jan 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले स्काई इटालियासँग रोमेलु लुकाकुको बिबादित अन्तर्वार्ताको नतिजा जारी रहेकोले, सोमबार स्ट्राइकर सँग भेट गर्ने योजना रहेको खुलासा गरेका छन्। तीन हप्ता अघि आयोजित अन्तर्वार्तामा, लुकाकुले आफ्नो चेल्सीको रणनीतिक प्रणालीको बारेमा आफ्नो निराशा व्यक्त गरेका थिए र अन्ततः पूर्व क्लब इन्टरमा फर्कने […]
%d bloggers like this: