मड्रिडको बिदाईमा भावुक बने मार्सेलो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडमा करिब १५ बर्षको बसाई पश्चात ब्राजिलियन लेफ्ट व्याक मार्सेलोले स्पेनी राजधानी छाडेका छन्

रियल मड्रिडको इतिहासमै सर्वाधिक सफल कप्तान तथा खेलाडी बन्न सफल भएका मार्सेलो, आफ्नो विदाई कार्यक्रममा भावुक देखिएका थिए।

उनको विदाई समारोहमा उनीसँगै रियल मड्रिडका व्यवस्थापक कार्लो एनसेलोट्टी र साथीहरु समावेश थिए। 

सन् २००७ मा मड्रिड भित्रिएका ब्राजिलियन लेफ्ट व्याक, आधुनिक ग्यालेक्टीकोको सफलताका प्रमुख खेलाडी रहेका छन्

रियल मड्रिडकै दिग्गज खेलाडी रोबेर्टो कार्लोसको उत्तराधिकारीका रूपमा आएका अर्का ब्राजिलियन हुन मार्सेलो

१५ बर्षको मड्रिड बसाइमा पाँचसयभन्दा बढी खेलमा प्रतिनिधित्व गरिसकेका मार्सेलोले २८ गोल गर्दै रियल मड्रिडको जर्सीमा २३ भन्दा बढी प्रमुख उपाधि हात पारे

रियल मड्रिडले सन् २०१६ देखि २०१९ सम्म लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा, टोलीको प्रमुख खेलाडीका रुपमा मार्सेलो रहेका थिए

तर पछिल्लो समय बढ्दो उमेरसँगै आफ्नो खेल्ने समय पनि गुमाएकामा मार्सेलोले, अन्ततः रियल मड्रिडको जर्सीमा आफ्नो करियर यसैवर्ष टुंग्याए

यसै म्याड्रिड छोड्ने पक्का भएपनी सोमबार दिउँसोको प्रेस सम्मेलनले रियल म्याड्रिडको सबैभन्दा सफल खेलाडीलाई औपचारिक रूपमा बिदाइ गर्ने मौका दियो।

अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनलाई आगामी दिनको शुभकामना दिँदै,उनी रियल मड्रिडको एक खेलाडी मात्र नभई  इतिहासकै सर्वाधिक रुचाईएका ब्यक्तित्व बन्न सफल भएकोमा धन्यवाद दिए। 

‘तपाईंले गर्नुभएको सबै कुराको लागि धन्यवाद। प्रिय मार्सेलो, हाम्रा फ्यानहरूले तपाईंलाई सधैं उनीहरूको हृदयमा राख्नेछन्। हामी गर्व गर्छौं।’ पेरेजले बताए।

गत महिना रियल मड्रिडका लागि किर्तिमानी १४ औ पटक च्याम्पियन्स लिगको उपाधि जितेका मार्सेलो, आफुले अहिले क्लब छाडेपनि क्लबसँगको सम्बन्ध भने जिन्दगीभर रहने बताए।

मार्सेलोले आँसु भरिएका आँखाले रियल मड्रिडलाई ‘विश्वको सबैभन्दा ठूलो क्लब’ घोषणा गरे। 

मड्रिड छाडेसंगै मार्सेलो ब्राजिल फर्कने सोचमा देखिन्छन, यद्यपी उनले सन्यास लिने भन्नेबारेमा अहिले नसोचेको बताएका छन्। 

 

Leave a Reply

Next Post

प्रिमियर लिगमा स्तरीय स्ट्राइकरहरुको लहर

Mon Jun 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|इंग्लिस प्रिमियर लिगमा हटसिटमा रहेका दुई टोली म्यानचेष्टर सिटी र लिभरपुलले आफ्नो रोष्टरमा दुई स्तरीय युवा स्ट्राइकर भित्र्याएका छन्। म्यानचेष्टर सिटीले नर्वेजियन युवा खेलाडी एरलिंग हालन्डलाई ५ बर्षको सम्झौतामा भित्र्याएको छ।  जर्मन क्लब बोरुसिया डर्टमण्डलाई उनको रिलिज क्लज तिरेपश्चात सिटिले हालन्डलाई भित्र्याउन सफल भएको हो। जर्मनी बिगत […]
%d bloggers like this: