मनांग मर्स्याङ्दीका प्रशिक्षक तोपे फुजाद्वारा राजिनामा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| राष्ट्रिय ए डिभिजन लिग फुटबल क्लब मनांग मर्स्याङ्दीका फुटबल प्रशिक्षक तोपे फुजाले राजिनामा दिएका छन्।

नाइजेरियन प्रशिक्षक फुजाको नेतृत्वमा क्लबले ए डिभिजन लिगमा यसपटक राम्रो नतिजा निकाल्न सकेन।

मनांगलाई २०७५ सालको कीर्तिमानी आठौं ए डिभिजन लिग च्याम्पियन बनाएका फुजाले, यस सिजन पाँचौ स्थानमा चित्त बुझाएका थिए।

संगै यस सिजन पोखरा आहा रारा गोल्डकपमा पनि फाइनलमा एपीएफ संग पराजित भएको मनांगले एएफसि प्रतियोगितामा सहभागिता जनाउने अवसर पनि गुमएको थियो।

तोपे फुजाले यस अघि नेपालकै ए डिभिजनमा मछिन्द्र र एक सिजन सरस्वती युथ क्लबमा पनि केहि समय अघि काम गरिसकेका छन्।

नेपाल सुपर लिगको पहिलो सिजनमा धनगढी एफसि संग काम गरिसकेका तोपे नेपाली क्लब फुटबलमा सफल बिदेशी प्रशीक्षक मध्ये एक रहेका छन्।

नाइजेरिन प्रशिक्षक फुजाले मंगलबार क्लबसमक्ष राजिनामा पत्र बुझाएका हुन्।

यस वर्षको सहिद स्मारक ए डिभिजनका लागि मनाङमा आवद्ध भएका फुजा मंसिर २१ मा काठमाडौं आइपुगेका थिए।

यस बर्षको लिगमा मनाङले १३ मध्ये ६ खेलमा जित हात पार्दा ३ खेलमा बराबर तथा ४ खेलमा पराजय भोगेको थियो।

मनांग मर्स्याङ्दी भने हाल खप्तड गोल्डकपका लागि त्यसतर्फ प्रस्थान गरिसकेको छ।

Leave a Reply

Next Post

जेसन रोयले आईपीएल नखेल्ने

Tue Mar 1 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्रिकेटर जेसन रोयले यस सिजनको आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन्। जेसन रोयले व्यक्तिगत कारण देखाउदै आगामी मार्च २६ बाट सुरु हुने आईपीएल २०२२ बाट बाहिरिएका हुन।  नयाँ फ्रेन्चाइज गुजरात टाइटन्सले भारु २ करोडको आधार मूल्यमा अनुबन्धित भएका इङ्ल्यान्डका ओपनरले, कोभिड महामारीमा लागू गरिएको प्रोटोकलले […]
%d bloggers like this: