मर्सीसाइड डर्बिमा लिभरपुलको शानदार जित!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इन्ग्लिश प्रिमियर लिगमा बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टन विरुद्ध शानदार जित निकालेको छ।

करियारकै उच्च लयमा देखिएका स्टार  इजिप्टियन फरवार्ड मोहम्मद सलाहको दुई गोल तथा जोर्डन हेन्डरसन र डिएगो जोटा लिभरपुलको सहज जितमा गोल गरे।

लिभरपुलले एभर्टनलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो।

घरेलु टोलि एभर्टनका लागि ३८औं मिनेटमा डेमाराई ग्रेले सान्त्वना गोल फर्काएका थिए।

गुडिसन पार्कमा बुधबार राति भएको खेलको नवौं मिनेटमा जोर्डन हेन्डरसनको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। उनले जोर्डन हेन्डरसनको पासमा गोल गरेका थिए ।

३८औं मिनेटमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २–१ को अवस्थामा ल्याउँदै खेलमा फर्कने संकेत दिए ।

६४औं मिनेटमा मोहम्मद सलाहले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछ लिभरपुलले खेलमा ३–१ को अग्रता लिन सफल भयो ।

७९औं मिनेटमा डिएगो जोटाले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे।

दुई गोल संगै सलाहले यस सिजन आफ्नो व्यक्तिगत गोल संख्या १३ पुर्याएका छन् भने प्रिमियर लिगको सर्बाधिक गोल स्कोररको शिर्ष स्थानमा थप पकड बनाएका छन्।

यो जितसँगै लिभरपुलले शीष दुईमा रहेका चेल्सी र म्यानचेस्टर सिटीमाथि दवाव कायमै राखेको छ । लिभरपुलको १४ खेलबाट ३१ अंक छ ।

चेल्सीको ३३ तथा सिटीको ३२ अंक छ । पराजित एभर्टन १५ अंक जोडेर १४औं स्थानमा छ।

Leave a Reply

Next Post

चलेनन मेस्सी र एम्बाप्पे, घरेलु मैदानमै पेरिस बराबरीमा रोकियो

Thu Dec 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट जर्मेनले लिग वानमा बुधबार बेलुकी घरेलु मैदानमा निस संग गोल रहित बराबरी खेलेको छ। पेरिसले केलियन एमबाप्पे र लियोनेल मेस्सी दुवैलाई समावेश गरेको अविश्वसनीय रूपमा बलियो सुरुवाती इलेवनको नाम दिएको थियो। माउरिसियो पोचेटिनोको टोलीले आफ्नो प्राकृतिक खेलको प्रदर्शन गर्न सकेनन्। निर्धारित ९० मिनेट सम्म […]
%d bloggers like this: