मलेसिया बिरुद्द नेपालको ऐतिहासिक जित !!

Nepal has thrashed PNG by 86 runs.

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। जारी त्रिदेशीय टीट्वेन्टी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले मलेसिया विरुद्ध रनको फराकिलो जित निकालेको छ।

त्रिवि अन्तराष्ट्रिय खेल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई २३४ रनको विशाल विजयी लक्ष्य दिएको थियो

अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलमा दोस्रो सर्वाधिक विजयी लक्ष्य पछ्याएको मलेसिया भने निर्धारित २० ओभरमा १३७ रनमा समेटिएको हो।

nepal vs malaysia
Dipendra Singh Airee smashed his maiden century in the match against malaysia

मलेसियाका तर्फबाट भिरंदिपले ४७ रन बनाए भने फैजले ३३ बनाउदै पेभेलियन फर्किएका थिए।

पाहुना टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट सन्दिपले सर्बाधिक विकेट लिए।

४ ओभर बलिङ गरेका उनले १९ रन दिदै ३ विकेट चट्काए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा 5 विकेट गुमाउँदै 223 रन बनाएको थियो

मलेशियाविरुद्ध बिशाल स्कोर खडा गर्ने क्रममा नेपालका मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्र सिंह ऐरीले ५७ बलमा ११० रनको शानदार शतकिय पारी खेलेका थिए

ओपनर कुसल भुर्तेलले आज पनि राम्रो स्कोर बनाउन सकेनन् व्यक्तिगत 12 रनमा पेभेलियन फर्किएका कुशललाई साथ दिदै अर्का ओपनर आसिफ शेख पनि १८ रनमै आउट भएका थिए

 

36 रनमा 2 विकेट गुमाइसकेको नेपाली राष्ट्रिय टोलीको पारी लागि त्यसपश्चात दीपेन्द्र र रोहित पौडेलले उकासेका थिए

अर्का युवा ब्याट्सम्यान रोहित पौडेल संग तेस्रो विकेटका लागि 96 रनको साझेदारी गर्दै दिपेन्द्र रोहितले नेपाललाई बिशाल स्कोर तर्फ लगेका थिए

पपुवान्युगिनीविरुद्ध भएको एकदिवसीय शृंखलामा सनसनीपूर्ण शतकीय पारी खेलेका रोहितले खेलमा आफ्नो पहिलो टी-ट्वान्टी अर्धसतक प्रहार गरेका थिए ।

३४ बलको सामना गरेका रोहितले ५ चौकाको प्रहार गर्दै ५१ रनमा आउट भएका थिए।

नेपाली ब्याट्सम्यान सामु मलेसियाका सबै बलरहरु फिक्का हुन पुग्दा, उसले टिट्वेन्टी इतिहासकै सर्वाधिक दोस्रो रन खर्चिन पुगेको थियो ।

मलेसियाका तर्फबाट मुहम्मद वाफिक, पवानदिप सिंह, स्याजरुल इद्रस र मुहम्मद आमिरले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Next Post

प्रतिद्वन्दी बलिया हुन या कम्जोर, सधैं एकनासका दिपेन्द्र

Sat Apr 2 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय क्रिकेट टोलीमा हार्ड हिटर र मिस्टर डीपेनडेबल [भरपर्दा] खेलाडीको रुपमा ख्याती कमाएका ब्याट्सम्यान हुन दिपेन्द्र सिंह। घरेलु प्रतियोगिता या अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु मैदान होस् या अन्तर्राष्ट्रिय खेल मैदान हरेक ठाउँमा प्रदर्शनको एकरूपता उनको ब्याटिङमा देखिने गर्दछ। एक समय पारस खड्काकै ब्याटिङबाट जोगिने नेपाली […]
%d bloggers like this: