हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। मलेसिया बिरुद्द यस्तो छ नेपालको तथ्यांक !!
पहिलो खेलमा नेदरल्यान्ड्सबिरुद्द ९ विकेट उत्कृष्ट जित निकालेको नेपालले भोलि मलेसियाको सामना गरेको छ । पछिल्लो जितमा नेपालका लागि कुशल भुर्तेल र आशिफ शेइखको उत्कृष्ट प्रदर्शन रहेको थियो।
मलेसियाबिरुद्द खेलिएका अगाडिका टि-२० अन्तराष्ट्रिय खेलहरुमा नेपालको प्रदर्शन तारिफयोग्य नै रहेको छ।
एसीसी इस्टर्न रिजन च्याम्पियनशिप अन्तर्गत फेब्रुअरी २९, २०२० मा भएको, नेपाल र मलेसिया बिचको खेलमा मलेसिया २२ रनले बिजयी भएको थियो । टस जितेर पहिला ब्यटीङ्ग गर्ने निर्णय गरेको मलेसियाले २० ओभरमा १५४ रन जोडेको थियो । मलेसियाका लागि सइद अजिजले ५१ रन जोड्दा कप्तान अहमद फैजले ३० रन जोडेका थिए । नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिदा, अविनास बोहोराले २ विकेट चट्काएका थिए।

१५५ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउदै १३२ रन मात्र बनाउन सक्यो । नेपालको लागि ज्ञानेन्द्र मल्लले ३८ र दिपेन्द्र एरिको ३८ बाहेक कुनै अरु ब्यट्सम्यानले राम्रो रन जड्न सकेनन ।
२०१९, जुलाइमा नेपाल र मलेसिया बिच भएको टि-२० खेलमा नेपाल सात विकेटले बिजयी भएको थियो । पानीका कारण ९ ओभरमा घटाइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य ८ ओभरमै पुरा गरेको थियो । २१ बलमा ५१ रनको पारि खेल्दै ज्ञानेन्द्र मल्लले नेपाललाई जितको बाटो देखाएका थिए ।
भोलि हुने खेलमा नेपालको टोलिमा धेरै नया अनुहार देखिने छन् र मलेसियाबिरुद्दको खेल रोमाञ्चक रहने आशा गर्न सकिन्छ।