हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत साता युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेष्टर सिटीले घरेलु लिगमा शिर्ष स्थान भने कायम राखेको छ।
न्युक्यासललाई ५-० को ठुलो अन्तर पराजित गरेपछि दोस्रो स्थानको लिभरपुल विरुद्धको अग्रता ३ अंकले बढेको छ।
लिभरपुल र म्यानचेष्टर सिटी दुवैले समान ३५ खेल खेल्दा, सिटीले 86 अङ्क जोडेको छ भने लिभरपुलले ८३ अङ्क जोडेको छ।
प्रिमियर लिगको उपाधिका लागि यी दुवै टोलीले आपसमा पछिल्ला चार सिजनमा एकअर्कालाई राम्रो चुनौती दिइरहेका छन्।
सिटिलाई युरोपेली च्याम्पियन्स लिगको प्रमुख दाबेदार भनेता पनि, रियल मड्रिड विरुद्धको अप्रत्याशित हार सँगै पहिलो युरोपियन ट्रफि जित्ने सपना अझै अधुरो भएको छ।
युरोपियन ट्रफी जस्तै ट्रफीसँगै म्यानचेष्टर सिटीलाई अब प्रिमियर लिगका अाउँदा खेलहरुमा पनि दबाब उत्पन्न हुने भएको छ।
जारि सिजन टुङ्गिन केवल तीन खेल बाँकी रहँदा म्यानचेष्टर सिटीले आफ्ना तीन प्रमुख खेलाडीलाई गुमाएको छ।
मड्रिड विरुद्धको हार बिर्साउने क्रममा न्युक्यासल युनाइटेड माथि उत्कृष्ट प्रदर्शन गर्दा, सिटीले अप्रत्यासित रुपमा आफ्ना रक्षात्मक खेलाडीहरुलाई गुमाउन पुगेको थियो।
जारि सिजनमा निकै शानदार प्रदर्शन गरिरहेका उत्कृष्ट रक्षात्मक खेलाडी रुबेन डीयास, कायल वाकर र जोन स्टोन्स यी तीनै खेलाडीले अबका खेलहरु गुमाउने भएका छन्।
म्यानचेष्टर सिटीले अबका आफ्ना तीन खेलमा वुल्भ्स, वेस्ट ह्याम र एस्टन भिल्ला संग खेल्दैछ।
एस्टनभिल्ला संगै वेस्ट ह्याम र वुल्भ्स जारी प्रिमियर लिगमा संघर्षरत रहेपनि आफ्ना प्रमुख उपस्थित खेलाडी बिनै मैदानमा उत्रनु सिटिलाई सजिलो भने हुने छैन।
पछिल्ला पाँच खेलमा राम्रो नतिजा निकाल्न नसकेका यी तिन टोलीहरुमा प्रमुख विशेषता भने काउन्टर अट्याक रहेको छ।
जारि सिजनमा राम्रो फर्ममा रहेका आफ्ना डिफेन्डर गुमाउनु र परम्परागत रुपमा काउन्टर अट्याक गर्ने टोलि संग कम्जोर हुनु खासै राम्रो संकेत भने होइन।
पछिल्ला ६ मध्ये चौथो प्रिमियर लिग उपाधिको निकै नजिक रहेका म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई, च्याम्पियन्स लिगको हार सँगै यस्तो अवस्थामा आएर लिगको उपाधी रक्षा गर्नु ठुलै चुनौती आईपरेको देखिन्छ।