महान खेलाडी डेल स्टेनले लिए सबै खाले क्रिकेटबाट सन्यास

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण अफ्रिकाका महान तेज गतिका बलर डेल स्टेनले आफुले सबैखाले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।

मंगलबार दिउँसो एक ट्विटमा आफूले अब सबै खाले क्रिकेटबाट सन्यास लिएको कुरा उनले प्रष्ट्याएका थिए।

सन् २००४ बाट दक्षिण अफ्रीका बाट डेब्यु गरेका ३८ बर्षीय डेल स्टेनलाई आधुनिक क्रिकेटका महान फास्ट बलर मानिन्छ।

गति, लाईन र लेन्थ, स्विङ्ग सँगै सटीकता, सम्पूर्ण गुणले पूर्ण डेल स्टेनले दक्षिण अफ्रिकाका लागि ९३ टेस्ट खेल्दै ४३९ विकेट लिन सफल भएका थिए।

सन् २००८ देखि २०१४  बीच करिब २६३ हप्ता आइसिसी विश्व क्रिकेट टेस्टको श्रेणीकरणमा पहिलो नम्बरमा बिताएका उनीलाई दोस्रो विश्वयुद्ध यताकै सर्वश्रेष्ठ फास्ट बलर मान्ने गरिन्छ।

सन् २००८ मा करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै वर्षकै टेस्ट खेलाडी घोषित भएका उनले एकै क्यालेण्डरमा उनले ९० विकेट लिएका थिए।

टेष्ट क्रिकेटबाट भने स्टेनले २०१९ मै सन्यास लिइसकेका थिए। एकदिवसीय र टी ट्वान्टी जस्ता सीमित खेलमा ध्यान केन्द्रित गर्नका लागि भन्दै उनले सन्यासको घोषणा गरेका थिए। लिमिटेड क्रिकेटमा पनि उत्तिकै अब्बल डेल स्टेनले दुर्भाग्यबस अन्तर्राष्ट्रिय ट्रफी जित्ने मौका भने पाएनन्।

दक्षिण अफ्रिकाका लागि स्टेनले दुई एकदिवसीय विश्वकपमा प्रतिनिध्व गरेका थिए भने ४ टि-ट्वेन्टी विश्वकपमा सहभागीता जनाएका थिए।

दक्षिण अफ्रिकाका लागि १२५ एकदिवसीय खेल खेल्दै १९५ विकेट लिएका छन् भने ४७ टि-ट्वेन्टी खेल्दै ६४ विकेट लिन सफल भएका थिए।

स्टेन टेस्ट क्रिकेटको ईतिहासमै सबै भन्दा चाडो ४०० विकेट लिने फस्ट बलरमा पर्दछन। उनले ८० टेस्ट खेल्दै ४०० विकेट पुरा गरेका थिए भने टि ट्वेन्टीमा ७ भन्दा कम इकोनोमी रेटमा ६४ विकेट लिएका छन्।

सन् २०१३ मा विस्देन क्रिकेटर अफ दि इयर घोषित गरिएका स्टेन २०१४ मा लिडिङ क्रिकेटर द्वारा पनि सम्मानित भएका थिए।

 

Leave a Reply

Next Post

ट्रान्सफरको अन्तिम दिनमा बार्सिलोनाको नाटकिय निर्णय !!

Wed Sep 1 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। यसपटकको ट्रान्सफर विण्डोवले त्यसै पनि अपत्यारिलो मोड लिसकेको छ। बार्सिलोनाका लेजेण्ड मेस्सीले घर छोड्नु देखि लिएर म्यानचेस्टर युनाइटेडका लेजेण्ड रोनाल्डो घर फर्किनु, लुकाकु चेल्सी फर्किनु देखि लिएर अरु धेरै ठुला ठुला ट्रान्सफरहरु हामीले देख्न पायौ। आज ट्रान्सफरको अन्तिम दिन हो। कसैको पनि सोचमा नभएको एक अन्तिम […]
%d bloggers like this: