महिला विश्वकप : अस्ट्रेलियालाई सातौं उपाधि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चिरप्रतिद्वन्द्वी इंग्ल्याण्डलाई ७२ रनले हराउँदै अष्ट्रेलियाले सातौं पटक महिला एकदिवसिया विश्वकप उपाधि जितेको छ 

जित संगै झण्डै एक दशकको लामो पर्खाई पश्चात, अस्ट्रेलियाली महिला टोलीले विश्वकपमा आफ्नो नाम पुनः लेखाउन सफल भएको छ 

अष्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको थियो ।

क्राइस्टचर्चमा अस्ट्रेलियालाई सातौं विश्वकप जिताउने क्रममा टोलीका लागि एलिसा हेलिले शतकीय पारी खेलेकी थिइन्

प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बन्न पुगेकी एलिशाले फाइनलमा १३८ बलमा १७० रनको शानदार पारी खेलेकी थिइन्

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको इङ्ल्यान्डका लागि उक्त निर्णय भने दुर्भाग्य सावित भएको थियो

 अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५५ रनको विशाल योगफल तयार पारेको थियो

ओपनर एलिशाले फाइनलमा १३८ बलमा १७० रनको शानदार पारी खेलिन भने अर्की ओपनर राहेल हेन्स ९३ बलमा ७ चौकासहित ६८ रनमा आउट भइन्।

पहिलो विकेटका लागि हेन्स र हेलीले पहिलो विकेटका लागि १ सय ६० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।

अन्य ब्याटरमा बेथ मुनीले ६२, मेग ल्यानिङले १० र एलिस ऐरले १७ रन बनाइन् ।

३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट भयो।

इंग्ल्यान्डकी नाट सेभरले १४८ रनको सानदार अविजित शतकीय पारी खेलेपनि टोलीलाई विश्व च्याम्पियन बनाउन सकिनन्।

अष्ट्रेलियाकी अलाना किंगले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिइन्।

जेस जेनसेन ८.४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए। मेगन स्कटले २ विकेट लिइन्।

प्रतियोगिता र खेलको सर्वश्रेष्ठ खेलाडी अस्ट्रेलियन ओपनर एलिसा हेलि घोषित भइन।

 

Leave a Reply

Next Post

रियल मड्रिडमा को हुनेछन त मार्सेलोको उत्तराधिकारी?

Sun Apr 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडमा करिब १५ बर्षको बसाई पश्चात ब्राजिलियन लेफ्ट व्याक मार्सेलोले स्पेनी राजधानी छाड्ने छन्। सन् २००७ मा मड्रिड भित्रिएका ब्राजिलियन लेफ्ट व्याक, आधुनिक ग्यालेक्टीकोको सफलताका प्रमुख खेलाडी रहेका छन्। रियल मड्रिडकै दिग्गज खेलाडी रोबेर्टो कार्लोसको उत्तराधिकारीका रूपमा आएका अर्का ब्राजिलियन हुन मार्सेलो। १५ बर्षको मड्रिड […]
%d bloggers like this: