हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जब मार्टिन ओडेगार्डले एक वर्षअघि रियल म्याड्रिड छोडेर आर्सनल गए, धेरैले यसलाई विपत्तिको रूपमा हेरेका थिए।
तर क्लबले उनलाई करिब ४० मिलियन युरोको सम्झौतामा बेच्दा राम्रो व्यवसायको रूपमा हेरेको थियो।
म्याड्रिडमा उनका फर्मले राम्ररी काम गरेनन्, तर आर्सनलको बक्सिङ डे फिक्स्चरमा नर्विच सिटी विरुद्धको खेलमा, युवा नर्वेजियनले आफूले गर्न सक्ने क्षमताको भरपुर प्रदर्शन गरेका थिए।
उसले क्यानरी विरुद्ध उत्कृष्ट फर्मलाई जारी राख्दै क्यारो रोडमा ५-० को जितमा तिन गोलमा संलग्न भएका थिए, जसले मिकेल अर्टेटाको पक्षमा उनि कत्तिको महत्त्वपूर्ण छन् भन्ने कुरालाई रेखांकित गरेको थियो।
आर्सनल अहिले सबै प्रतियोगिताहरूमा पाँच खेल जित्ने क्रममा छ, र डिसेम्बर १७ मा २३ वर्ष पुगेका ओडेगार्ड यस अवधिमा उत्कृस्ट लयमा देखापरेका छन्।
उनले मिडफिल्डमा रचनात्मक भूमिका खेलेका छन् र आर्सनलका लागि सिजनको सुरुआत पछि प्रिमियर लिगमा आफ्नो टोलीलाई चौथो स्थानमा पुर्याउन ठुलो मद्दत गरेका छन्।
यस सिजनमा १९ खेलमा उनले चार गोल, चार असिस्ट र धेरै म्यान अफ द म्याच र टिम अफ द वीक अवार्ड हात पारेका छन्।
एउटा कुरा जसले उनलाई मद्दत गरेको छ, इङ्ल्यान्डका मानिसहरूका अनुसार, उनी अहिले ति खेलाडीहरूले घेरिएका छन् जो अहिले उत्कृष्ट फर्ममा छन्, जसले गर्दा उनलाई पिचमा आफूलाई पूर्ण रूपमा व्यक्त गर्न सजिलो हुन्छ।
आर्सनलले उनलाई २०२६ सम्म चल्ने सम्झौता दिँदै उनीमा विश्वास राखेको छ, जबकि रियल म्याड्रिडले उनलाई स्पेनमा राख्न कुनै वास्तविक इच्छा देखाएन।
आर्सनलका ब्यबस्थापक अर्टेटाले ओडेगार्ड र अन्य धेरै युवा खेलाडीहरूलाई विश्वास गर्दछन, र उनको युवा आर्सनल पक्षले यस समयमा उनीहरूको फुटबलको मजा लिइरहेको छ र महत्त्वपूर्ण कुरा, पिचमा नतिजा आफ्नो पक्षमा पार्ने गरेको छ।
मार्टिन ओडेगार्डको अहिलेको आक्रामक फर्मलाई मुल्यांकन गर्ने हो भने पक्कै पनि रियल मड्रिडले उनलाई बेच्न हतार गरेको हो कि?