मार्सियाल र राल्फ राग्निकको जुहारी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्ट्राइकर एन्थोनी मार्सियालले म्यानचेस्टर युनाइटेडका लागि खेल्न अस्वीकार नगरेको बताएका छन्।

एस्टन भिल्ला विरुद्ध २-२ गोलको बराबरी खेलेको म्यानचेस्टर युनाईटेडले लगातार खराब फर्म जारि राखेको छ।

राल्फ रङ्गनिकले एस्टन भिल्ला विरुद्धको खेल अघि बताउदै, मार्सियालले सहभागी हुन अनिच्छुक भएका कारण एस्टन भिल्ला विरुद्ध टोलीमा नरहेको बताएका थिए।

चोटका कारण रङ्गनिक पहिले नै मार्कस रासफोर्ड र क्रिस्टियानो रोनाल्डो को अनुपस्थितिमा एकेडेमीका युवा खेलाडी एन्थोनी एलङ्गाले बायाँ विंगरको रोजाईमा परेका थिए।

युनाइटेड अन्तरिम प्रबन्धकले फ्रान्स इन्टरनेशनल एन्थोनी, मैदानमा मिनेटको कमीको कारण क्लबबाट टाढा जान खोजिरहेको गत महिना खुलासा गरेका थिए।

सेभिल्लाले मर्सियाल माथि चासो राखेको रिपोर्ट गरिएको थियो तर उसको तलब वहन गर्न असमर्थ भएको बुझिएको छ, युनाइटेडले स्पष्ट रूपमा उसलाई सिजनको अन्त्यसम्म लोनमा पठाउने दृष्टिकोण अस्वीकार गरेको छ।

रंगनिकले पत्रकारहरूलाई भने: “उनी टोलीमा हुन चाहँदैनन्।

“उ सामान्य रूपमा टोलीमा हुन्थ्यो तर उसले चाहेन र यही कारण हो कि उह हिजो हामीसँग टोलीमा हिजो थिएन।”

तर एन्थोनी मार्सियालले भने खेल पछि आफ्नो प्रबन्धकको दावीलाई खण्डन गरेका छन्।

आफ्नो इन्स्टाग्राम पोस्ट गर्दै मार्सियालले भने: “म म्यान युनाइटेडको लागि खेल खेल्न कहिल्यै अस्वीकार गर्दिन।”

“म यहाँ सात वर्षदेखि छु र मैले क्लब र फ्यानहरूलाई कहिल्यै अनादर गरेको छैन र कहिल्यै अनादर गर्नेछैन।”

प्रशिक्षक राल्फ राग्निकको नेतृत्वमा एक खेल मात्र हारेपनि लगातार अंक गुमाईरहेको म्यानचेस्टर युनाईटेड अहिले तालिकामा सातौं स्थानमा रहेको छ।

Leave a Reply

Next Post

एम्बाप्पे र हालान्ड भित्र्याउने रियल मड्रिडको मास्टरप्लान

Sun Jan 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| किलियन एम्बाप्पे र एरलिंग हालान्ड यस समयमा विश्व फुटबलमा सबैभन्दा बढी रुचाईएका दुई प्रतिभाहरू हुन्। आफ्नो क्षमताले ठुला क्लबका लागि हटकेक बनेका दुई युवा खेलाडीको भविष्य छिट्टै तय हुन सक्छ। यसैबीच रियल म्याड्रिडले दुबै खेलाडीहरूलाई एस्टाडियो स्यान्टियागो बर्नाबेउमा आफ्नो परियोजनाको लागि उत्तम फिटको रूपमा हेरिरहेको बताईएको […]
%d bloggers like this: