मुम्बई इन्डियन्सको लगातार छैठौं हार

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इन्डियन प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले लगातार छैठौं हार व्यहोरेको छ। 

लखनउ विरुद्ध मुम्बईस्थित ब्राबोर्न स्टेडियममा भएको खेलमा मुम्बईले १८ रनको हार बेहोरेको हो।

लखनउले दिएको २०० रनको विशाल योगफल पछ्याएको मुम्बई, निर्धारित २० ओभरमा ९ विकेट गुमाउदा १८१ रनमा समेटिएको थियो। 

यस सिजन निकै फितलो प्रदर्शन गरिरहेको मुम्बईले यसपटक पनि आफ्ना ओपनरबाट राम्रो सुरुवात पाउन सकेन।

इशान किशन १३ रनमा पेभेलियन फर्किँदा कप्तान रोहित शर्मा केवल छ रनमै आउट हुन पुगे।

अघिल्लो खेलमा निकै विस्फोटक व्याटिङ गरेका दक्षिण अफ्रिकाका डीवाल्ड भ्रेभिसले १३ बलमा ३१ रनको आक्रमक पारी खेलेका थिए। 

त्यसैगरी मध्यक्रमका ब्याट्स्म्यान सूर्यकुमार यादवले ३७ रन बनाए भने तिलक बर्माले २६ रन जोडे।

मुम्बईलाई सस्तैमा समेट्ने क्रममा लखनउका अभेश खानले शानदार बलिंग गर्दै ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट चट्काए।

त्यसगरी रभी बिश्नोई, जेशन होल्डर, मार्कस स्टोइनिसले समान एक एक विकेट लिए

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन जोडेको थियो। 

उसका लागि कप्तान केएल राहुलले शतकीय पारी खेलेका थिए ६० बलको सामना गरेका राहुले ५ छक्का र ९ छक्काको मद्दतले १०३ रनको शानदार पारी खेले।

त्यसैगरी मुम्बईका पूर्व खेलाडी क्विन्टन डि ककले २४ रन बनाए भने मनिष पाण्डेले ३८ रन बनाए।

मुम्बईका लागि जयदेब उन्नदकटले ४ ओभरमा ३२ रन दिँदै सर्वाधिक २ बिकेट लिए त्यसैगरी मुर्गन आश्विन र फाबियन एलनले एक एक विकेट आफ्नो नाममा गरे।

जितसँगै लखनउले शीर्षस्थानमा रहेको गुजरात सँगको अङ्क बराबरी गरेको छ। हार बेहोरेको मुम्बईले भने लगातार ६ खेल गुमाउदै आफ्नो आइपिएल इतिहासकै खराब प्रदर्शन गरेको छ।

शतकीय पारी खेलेका लखनउका कप्तान केएल राहुल खेलको म्यान अफ दि म्याच घोषित भए।

 

 

 

Leave a Reply

Next Post

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ह्याट्रिक संगै युनाईटेड विजयी

Sat Apr 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले नर्विच सिटि विरुद्ध ३-२ गोलको रोमान्चक जित निकालेको छ।  घरेलु मैदानमा म्यानचेष्टर युनाइटेडलाई जित दिलाउने क्रममा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलजीवनको किर्तिमानी ६०औ ह्याट्रिक पूरा गरेका छन्। युनाईटेडको शर्टमा रोनाल्डोको यो तेस्रो ह्याट्रिक हो भने यसै सिजन मात्रै दोस्रो रहेको […]
%d bloggers like this: