मेक्सिकोलाइ पराजित गर्दै अमेरिकाले जित्यो कनाकफ गोल्ड कप !

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ । सेमिफाइनलमा कतारमाथि १-० को जित हासिल गरे पछि फाइनल प्रवेश गरेको अमेरिकाले आज बिहान क्यानाडालाइ पराजित गर्दै फाइनल भित्रिएको मेक्सिको बिरुद्द फाइनल खेल अन्तर्गत प्रतिस्पर्धा गरेको थियो।

जितका लागि सम्भावित टोलि मानिएको मेक्सिकोले सुरुवाती मिनेटबाटै आक्रामक प्रहारहरु गर्दै आएको थियो। खेलको धेरै समय आफैले दबाब राख्न सफल भएको मेक्सिकोले आफुले सिर्जना गरेको मौकाहरुलाइ गोलमा परिणत गर्न भने सकेन।

९० मिनेटको खेल गोल बिहिन रहेपछि अतिरिक्त समयमा गएको उक्त खेलमा अमेरिकाले ११७ मिनेटमा महत्वपूर्ण अग्रता लिदै जित निश्चित गरेको थियो।

मिड्फ़िल्डर एकोसटाको सटिक पासलाइ उत्कृष्ट ढंगबाट गोल गर्दै अमेरिकी डिफ़ेण्डर रबिन्सनले महत्वपुर्ण गोल गरेका थिए।

बिजयी गोल गरेका माइल्स रबिन्सनलाइ खेलको उत्कृष्ट खेलाडी पनि घोषित पनि गरिएको थियो। खेल अन्तर्गत अमेरिकाले तिन ठुला मौकाहरु सिर्जना गरेको थियो भने मेक्सिकोले दुइ ठुला मौकाहरु सिर्जना गरेको थियो।

यस उपाधीसहित अमेरिकाको यो साथौ स्वर्ण टाइटल हो। २०१९ अन्तर्गतको गोल्ड कप फाइनलमा मेक्सिकोले अमेरिकालाइ पराजित गर्दै उपाधी हात पारेको थियो भने, अन्तिम १० उपाधीमा दुवै टोलिले ५-५ पटक आफ्नो नाममा उपाधी राखेका छन्।

Leave a Reply

Next Post

अन्तर्राष्ट्रिय क्रिकेटबाट खड्काले लिए सन्यास !!

Tue Aug 3 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। दशकौ देखि नेपाली क्रिकेटलाइ आफ्नै दममा एक पछि अर्को गर्दै नया उचाइमा पुर्याउदै ल्याएकाले आज बिहान इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो सन्यासको घोषणा गरेका छन्। सन् २००४ बाट सुरु भएको खड्काको राष्ट्रिय क्रिकेट टोलिसंगको यात्रा टुङ्गिएको छ। पारसले आफ्नो टि-२० अन्तर्राष्ट्रियको डेब्यु २०१४ मा भएको विश्वकप […]
%d bloggers like this: